Powered by Blogger.
जेसिआई बसामाडीको पदस्थापन सम्पन्न


हेटौंडा । जेशिआई बसामाडी को २१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। 

बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आथित्यता रहेको समारोहमा विशिष्ठ अथिती प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति एबम राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी रहनु भएको थियो । त्यसैगरी विशेष अथितीहरुमा बागमती प्रदेशका प्रदेश सदस्य योगेन्द्र संग्रौला  र प्रेम बहादुर पुलामी (छिन्तु) रहनु भएको थियो ।

अतिथिहरुमा मातृ शाखाका अध्यक्ष, विभिन्न शाखाका शाखा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतनिधिहरु रहनु भएको थियो। कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष जेसी सरोज अधिकारीले सभाध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा जेसी उद्धव राज कठायतले उटघोषणको भुमिका निभाउनु भएको थियो। वर्ष २०२० को लागि निर्विरोध निर्वा्चित अध्यक्ष जेसी विवेक बजगाईंलाई वर्ष २०१९ का अध्यक्षले पद हस्तारण पश्चात उहाँले वर्ष २०२० को लागि विभिन्न पदमा जेसीज मित्रहरुलाई मनोनित गर्नु भएको थियो।

 महासचिवमा जेसी उद्धव राज कठायत, सचिवमा जेसी जनक भण्डारी, कोषाध्यक्षमा जेसी सुजन गौतम लगायत विभिन्न पदमा विभिन्न जेसीज मित्रहरुलाई मनोनित गर्नु भएको थियो। कार्यक्रममा उद्योग संघ मकावापुरका सम्पूर्ण बोर्डका पदाधिकारीहरुलाई, नेपाल फर्नीचर व्यावसायी महासंघका अध्यक्षलाई र कान्तिपुर पत्रिकाका संवाददाता सुभाष विडारीलाई सम्मान गरिएको थियो।

त्यसैगरी,पूर्व अध्यक्ष जेसी ईश्वर प्र.मैनाली संरक्षक रहनु भएको स्व. टेक प्रसाद रिजाल र स्व.केशवलाल मैनालिज्यूको स्मृतिमा खडा गरिएको अक्षय कोषबाट मकवानपुर जिल्ला भरि बाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल  श्री जनज्योति मावि मायुरधापकी छात्रा आकृति घिमिरे लाई ११हजार १ सय ११ सहित सम्मान गरिएको थियो।



0 comments

Write Down Your Responses