Powered by Blogger.
ज्योति माविको ५४ औं वार्षिकोत्सव सम्पन्न, मूर्तिकला कार्यशाला आठ दिनसम्म चल्ने


हेटौडा । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाईएको छ । 

विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा आइतबार देखि आठ दिनसम्म मूर्तिकला कार्यशाला पनि सञ्चालन हुने भएको छ । 

स्थानीय र राष्ट्रिय ख्यातिप्राप्त कलाकार गरी १० कलाकारको कार्यशालामा सहभागिता रहने संयोजक मध्येका युवा पुस्ताका चर्चित मूर्तिकार लक्ष्मण भुजेलले जानकारी गराएका छन् । 



‘कलाका लागि कला नै’ भन्ने नाराका साथ आठ दिनसम्म चल्ने कार्यशालामा गंगाधर शारु, राजु पिठाकोटे, कबिर देवान राई, राजन काफ्ले, रामचन्द्र पण्डित, ओमभक्त भण्डारी, बाबुलाल वाईबा, मान बहादुर वल, लक्ष्मण भुजेल सहितका मुर्तिकार कलाकारहरुको सहभागिता रहने छ । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले विद्यालयको बिगत र वर्तमान अवस्थाको बारेमा प्रष्टपार्नुु भएको थियो भने कार्यक्रममा बिद्यार्थीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 

विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि यो कार्यशाला सुरु गरेकोे अध्यक्ष रम्तेलले बताए ।




0 comments

Write Down Your Responses