Powered by Blogger.
एमाले नेता ढकाललाई मातृशोक


पालुङ । दामन पोष्ट साप्ताहिकका शुभचिन्तक समेत रहनुभएका नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकाललाई मातृशोक परेको छ ।

एमाले थाहानगर अध्यक्ष ढकालको ममतामयी आमा भक्तकुमारी ढकालको ७७ वर्षको उमेरमा १ असार राती निधन भएको हो ।  स्व. ढकालको एक छोरा (अच्युत्तम) र दुई छोरी छन् । 

उनको पार्थिव शरीर २ असार विहान पालुङस्थित शंखमूल आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । 

ढकाल अहिले पालुङ स्थित निवासमै काजक्रियाका रहेका छन् । 

यसैबीच ढकाल परिवारलाई समवेदना प्रकट गर्न एमाले केन्द्रीय सदस्य विरोध खतिवडा र प्रदेश सांसद मुनु सिग्देल शनिबार पालुङ पुगेका थिए । 

दामन पोष्ट परिवार स्वर्गीय मातालाई भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै अच्युतप ढकाल लगायत सम्पुर्ण परिवारमा गहिरो समवेदना प्रकट गर्दछ । 


0 comments

Write Down Your Responses