Powered by Blogger.
सम्वन्धीत निकायको लापरवाहीले सडक दुर्घटना बढ्यो


थाहा–६(बज्रबाराही) । मकवानपुर जिल्लाको थाहा नगर पालिक वडा नं १ कुन्छाल पुलमा  ट्याङकर दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ४ः४५ बजे तिर  उक्त तेल बोकेको ट्याङकर गाडी दुर्घटनामा परेको हो ।  उक्त ट्याङ्कर पुलबाट करिब २० मिटर तल  कुन्छाल खोलामा खसेको हो ।  

अम्लेखगंजबाट  मकवानपुरको  सिस्नेरीको लागि १२ हजार लिटर पेट्रोल बोकेर जांदै गरेको उक्त ट्याङ्कर दुर्घटनामा परेको हो । दुर्घटनाबाट चालक र सहचालक घाइते भएका छन् भने अहिले सम्म ट्याङ्करको  उद्दार गर्न सकिएको छैन ।



कुन्छाल कुलेखानी सडक खण्डमा पर्ने कुन्छाल पुलको असार १९ गते खोलामा आएको बाढिले एक छेउ भत्काएको थियो । 

पुल भत्किए पछि पनि सवारी साधनहरु आवतजावत गरिनै रहेका थिए । 

प्रत्यक्षदर्शी स्थानिय रुपचन्द्र गोपालीको अनुसार चालकलाई उक्त पुल भत्किएको  जानकारी नभएको हुनाले उक्त दुर्घटना हुन गएको हो ।  उहाँका अनुसार पुल भत्किए पछि नै त्यसको मर्मतको लागि जाली र ढुङा लेराए पनि निरन्तर परिरहेको बर्षाको कारण समयमा पुल मर्मत हुन सकेको थिएन ।



पुल पुनः निर्माणको अवस्थामा स्थानिय सरकार भन्दा नि प्रदेशले नै हेर्न पर्ने भएको र आजै हेटौँडा बाट प्राबिधिकको टोली आउने उहाँले जानकारी दिनु भयो ।

चालक र सहचालकलाई पालुङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको इलाका प्रहरी चौकी पालुङका असइ प्रेम शंकर तिवारीले बताउनु भयो । बर्षाको कारण अहिले कुन्छाल कुलेखानी सडक खण्ड गाडी चल्न सक्ने स्थितीमा छैन र सरोकारवाला निकायको  समयमा ध्यान  गएको पनि देखिँदैन । –सुवास खुलाल


0 comments

Write Down Your Responses