Powered by Blogger.
बज्रबाराही साकोसले मनायो १२ औं वार्षिकोत्सव




बज्रबाराही(मकवानपुर) । थाहा नगरपालिकाको वडा नं ६ मा रहेको बज्रबाराही साकोसले आफ्नो १२ औँ बार्षिक उत्सब मनाएको छ । कोभिडको प्रकोपलाई मध्येनजर गर्दै साकोसले एक संक्षिप्त कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । 

उत्तरी मकवानपुरको बज्रबाराहीमा १२ बर्ष पहिले २७ जना सदस्यहरुबाट शुरु गरेको उक्त साकोस अहिले नगरकै उत्कृष्ट साकोस मध्येमा पर्दछ । जसमा अहिले १५ सय ३५ सदस्यहरु आबद्द छन् भने करिब १२ करोड रुपैंया यसको निक्षेप रहेको छ । कोरोना कहर र लकडाउनको प्रभावले भव्य रुपमा कार्यक्रम सन्चालन गर्न नसके पनि संचालक समिती र पदाधिकारीहरुले सामान्य रुपमा केक काटेर  उत्सब मनाई खुसी साटासाट गरेको संस्थाका व्यबस्थापक रन्जित अर्यालले बताउनु भयो । 

डिजिटल प्रविधिमा समेत अब्बल ठहरिएको उक्त संस्थाले ग्राहकहरुलाई मोबाइल बैंकिङ , क्विक रेस्पोन्स (क्यु आर कोड  ) जस्ता सुबिधाहरु समेत दिइरहेको छ भने यस संस्थाबाट देशभरको सबै बैंकहरुमा सजिलै रकमस्थान्तरण गर्न सकिन्छ । 

यस संस्थाले  साबिकको चित्लाङ, मार्खु र बज्रबाराहीलाई आफ्नो कार्यक्षेत्र बनाएर  त्यहाँको स्थानियबासीहरुलाई सुबिधा दिइरहेको समेत उहाँले बताउनुभयो । यस बर्ष ४० लाख मुनाफा कमाउन सफल यस साकोसले आगामी बर्षमा नाफा ५० लाख कमाउने र निक्षेप १५ करोड पुर्याउने समेत लक्ष्य लिएको छ ।




0 comments

Write Down Your Responses