Powered by Blogger.
लायन्स क्लब अफ मकवानपुर इनोभेटिभद्धारा असाहयलाई खाद्यान्न वितरण



काठमाडौं । हरेक महिना कम्तीमा दुई वटा समाज सेवामुलक कार्यक्रम गर्ने उदेश्य लिएको लायन्स क्लब अफ मकवानपुर इनोभेटिभले शनिबार ‘हंगर रिलिफ कार्यक्रम’ अर्थात असाहयहरुलाई खाद्य सहयोग कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौं, बुढानिलकण्ठ – ८ हात्तिगौंडामा रहेको महिला तथा बालबालिका उत्थान केन्द्रका लागी आवश्यक  खाध्यान्न सामाग्रीहरु बितरण गरेको हो । 

उक्त कार्यक्रममा लायन्स क्लब अफ मकवानपुर इनोभेटिभका अध्यक्ष अरुण कुमार गुरुङ , सचिव बिधान रिजाल , क्लब डाइरेक्टर कृष्णराज कुवंर , क्लब मेम्बरसिप चेयरपर्सन रिता भण्डारी साथै क्लबका सदस्यहरु सरिता कार्की गुरुङ , बिजय शाह , बबिता रौनियार , प्रबिन श्रेष्ठ बिरेन्द्र श्रेष्ठ  र रबि जय को उपस्थित थियो । 

क्लबले उक्त महिला तथा  उत्थान केन्द्रमा भएको  करिब २० जना बालबालिकाहरुका लागी चामल , दाल , तेल , मस्यौरा , चिउरा , चना , चाउचाउ लगायतको खाध्य सामग्री वितरण गरेको क्लबको अध्यक्ष अरुण गुरुङले बताउनुभयो । 



साथै अध्यक्ष गुरुङले कार्यक्रमलाई सफल बनाउन उक्त खाद्य सामाग्रीहरु उपलब्ध गराएर महत्वपुर्ण भुमिका खेल्नुहुने सिजन श्रेष्ठ तुलसी देवी श्रेष्ठ , इन्दु श्रेष्ठ , सुभद्रा श्रेष्ठ , रिना श्रेष्ठ , बिध्या श्रेष्ठ , रिना श्रेष्ठ र श्रीया श्रेष्ठ लगायतलाई लायन्स क्लब अफ मकवानपुर इनोभेटिभको तर्फबाट  धन्यबाद ब्यक्त गर्नुभयो ।


0 comments

Write Down Your Responses