Powered by Blogger.
आदिवासी चलचित्र अवार्ड नेवारी चलचित्र ‘जामन ः गुभाजु’लाई




काठमाडौं । नेपाल आदिवासी चलचित्र (निफ्फ ) अवार्ड नेवाः चलचित्र जामन ः गुभाजुले हात पार्न सफल भएको छ ।

 अमेरिकाको न्युयोर्कमा दुई दिन सम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा विभिन्न भाषाका सात वटा चलचित्रहरु मध्य नेवाः गुभाजुले उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड हात पारेको हो । 

उत्कृष्ट अवार्डसंगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार समेत यसै चलचित्रले हात पार्न सफल भयो । 

मकवानपुर , हेटौँडा १० राप्तीरोड  स्थायी घर भएर काठमाडौ स्थित  झोंछेमा जेस्सी पेन्नी रेस्टुरेन्ट संचालन गरिरहेका राजभक्त श्रेष्ठको जेस्सी पेन्नी इन्टर्टेन्मेन्ट  र वाइल्ड बुल्स प्रोडक्सनकी संचालक मन्दिरा मानन्धरको निर्माणमा रहेको सो  चलचित्रले उत्कृष्ट  अवार्ड सहित १ हजार १ सय ११ अमेरिकी डलर नगद पुरस्कार पनि जितेको छ ।  

पुरस्कार नेपाल  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्क स्थित नेपाली महावाणिज्यदूत  विष्णु प्रसाद गौतमले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses