Powered by Blogger.
नेकपा एकीकृत समाजवादीमा नेकपा (जनबादी) समाहित


काठमाडौं । नेकपा एकीकृत समाजवादीमा नेकपा (जनबादी) समाहित भएको छ । यसरी  एकता अभियानमा ४५ सदस्यीय केन्द्रिय कमिटी, ४५ जिल्ला जनसङ्गठन सहितका पार्टी कमिटी र सबै जनसङ्गठनका केन्द्रिय कमिटी सहित समाहित भएको हो । 

पार्टी एकता कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी बाटोमा हिड्न आलटाल गर्दै जनमतको दुरुपयोग गर्ने ओली प्रबृतिसङ्ग बिद्रोह गरिएको बताउनुभयो । 

अध्यक्ष नेपालले बामपन्थी पार्टीहरुसङ्गको एकतालाइ तीब्र गतीमा अघि बढाउदै छिट्टै बृहत कम्युनिस्ट पार्टी बनाउने दिशामा काम भइरहेको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले जहानिया शासनसङ्ग संघर्ष गरेर नागरिकमा ल्याइएको सार्बभौमसत्ता जोकोही ब्यक्तिको अधिनायकवादलाइ खोस्न नदिन बताउनुभयो ।  नेपालमा पनि ओलीको ब्यक्तिबादले हिटलरकै शैलीमा संविधानमाथी कब्जा प्रयास गरिएका जिकीर गर्नुभयो । उहाँले त्यस्तो शैलि विरुद्ध बिद्रोह गर्दै कम्युनिस्ट आन्दोलन जोगाउन एकजुट भएको बताउनुभयो । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा भएको सरकारले समाजवादको खाका कोर्ने गरी कार्य गरिरहेको दावी गर्नुभयो । नेकपा जनवादीका महासचिब देवसिङ महताले नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउन र समाजवादको गन्तव्य निर्माणका लागि एकीकृत समाजवादीको बिकल्प नभएको बताउनुभयो । राजनीतिमा इमान्दारिता पारदर्शिता निष्ठा र बिधिको लागि आफुहरुले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताउनुभयो । 

नेकपा एकीकृत समाजवादीका महासचिब तथा बाम एकता सम्वाद कार्यदल संयोजक डा.बेदुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यदल सदस्य तथा उपमहासचिव डा.बिजय पौडेलले गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses