Powered by Blogger.
सहकारीलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न समाजवादी प्रेस संगठनका कोषाध्यक्ष गौतमको सुझाव



काठमाडौँ । समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले सहकारी क्षेत्रले अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बताउनुभएको छ ।

शुभ सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको २० औँ साधरणसभामा उहाँले सम्वन्धित सहकारीका सदस्यको हितलाई केन्द्रमा राखेर लगानीको कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका कार्यसमितिका निर्वाचित सदस्यसमेत रहनुभएका गैतमले सहकारीले चुक्ता पूँजी, निक्षेप, नाफा र सम्पत्ती वृद्धि गर्नपर्ने बताउँदै खराव कर्जा प्रवाह गर्न नहुने र ऋृण असुलीमा चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त सहकारीका अध्यक्ष सुन्दरप्रसाद पाण्डेले संस्थाको करिब ५३ लाख चुक्त पूँजी रहेको करिब तीन करोड निक्षेपका साथै सोही अनुपातमा कर्जा प्रवाह भएको जानकारी दिनुभयो । आगामी दिनमा सदस्यलाई सेवा सुविधा वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।



0 comments

Write Down Your Responses