Powered by Blogger.
तामाङ संघ समाजवादीको अध्यक्षमा लोप्साङ तामाङ



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटक संगठन नेपाल तामाङ संघ समाजवादीको अध्यक्षमा लोप्साङ तामाङ चयन हुनु भएको छ । 

शनिबार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको भेलाले तामाङको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटीको समेत चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामदेवी तामाङ, इमान गोले, सरिता पाख्रिन र गौतम बुद्ध लामा चयन हुनुभएको छ ।



त्यस्तै महासचिवमा किरण मोक्तान चयन हुनुभयो भने रेशम तामाङ, कुन्साङ तामाङ, डेनो थिङ र लोकबहादुर तामाङ सचिवमा चयन हुनुभयो ।  कोषाध्यक्षमा टिकलाल तामाङ र सहकोषाध्यक्षमा संगीता मोक्तान, उपेन्द्र तामाङ, तारा तामाङ र मिलन तामाङ चयन हुनुभयो ।

 कार्यक्रममा काभ्रे तेमाल गाउँपालिकाका आयुष तामाङ, रोशि ३ काभ्रेका दोर्जे थोकर तामाङ, कुमार लो तामाङ, रिना लोप्चन तामाङ, नमोवुध्द ६ का राजुमान तामाङ, खाँडादेवि ७ का कान्छाराम तामाङ, दोरम्वा २ का अर्थमान तामाङ लगायत दुई दर्जन कार्यकर्ता नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नुभयो । 

भेलाले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने निर्णय गरेको छ । 

नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माधवकुमार नेपालले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses