Powered by Blogger.
पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । 

मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुहुँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस्तदुरुस्त राख्न निर्देशन दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिनुभयो । 

उहाँले बिमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गर्नुभएको थियो । सो अवसरमा उहाँले बिमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुहुँदै ७३ बुंदे कार्ययोजनामा समेत  विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताउनुभयो । 

पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ्ग स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सूधार भएको छ । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । 

अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा संचालनमा रहेको छ ।

 विमानस्थलभित्रका पूर्वाधार निर्माण र  यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभुति हुने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।


0 comments

Write Down Your Responses