Powered by Blogger.
साल्ट ट्रेडिङले मनायो भव्य रूपमा ६० औं वार्षिकोत्सव


काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले सोमबार कालिमाटी स्थित केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । 

समारोह कार्यक्रम कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा. नारायण प्रसाद रेग्मीको सभापतित्वमा भएको थियो । सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । श्रेष्ठले कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्दै आएको बताउनुभयो । 

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ५९ बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो ‘कर्पोरेशनले आफनो प्रतिबद्धताअनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ । 

कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकिय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपुर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्नुहुँदै निकट भविष्यमा आफनै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गईरहेको जानकारी समेत दिनुभयो । साथै उहाँले कर्पोरेशनका पूर्व अध्यक्ष लक्ष्मीदास मानन्धरको निधनले कर्पोरेशन परिवार मर्माहत तुल्याएको उल्लेख गर्नुहुँदै उहाँको योगदानको स्मरण गर्दै सकृय जीवन बारे चर्चा समेत गर्नुभएको थियो । 

कार्यक्रम माझ प्रमुख अतिथिका रुपमा आमन्त्रित उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आफु बाढीपहिरोको प्रकोपका कारण गृह जिल्लामा रहेको र मौसम प्रतिकुल रहेसँगै कर्पोरेशनको वार्षिकोत्सव समारोहमा उपस्थिती हुन नसकेको व्यहोरासहितको पत्र र शुभकामना सन्देश कार्यक्रमका सभापति डा. नारायण रेग्मीले पढेर सुनाउनु भएको थियो । 

जसमा मन्त्री बडुले कर्पोरेशनले लोककल्याणकारी कार्यमा अग्रसर रहँदै र उद्योग व्यापार मार्फत् देशको आर्थिक क्रान्तिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभएको थियो । साथै प्रेषित पत्र मार्फत मन्त्री बडुले कर्पोरेशनले व्यापारमा विविधिकरण गर्दै आम उपभोक्ताको सेवामा समर्पित भएर लाग्दै आएकोमा प्रशंसा समेत गर्नुहुँदै ६० औं वर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गर्नुभयो । 

तत् पस्चात समारोह माझ बोल्नुहुँदै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड व्यवस्थापन समक्ष करारमा कार्यरत केही कर्मचारीहरुलाई स्थायी गर्न आग्रह गर्दै कर्पोरेशनको गेट भित्र छिरिसकेपछि सबैमा अपनत्वबोध हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुँदै कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई समेत सघाउदै आएको उल्लेख गर्नुहुँदै मन्त्रालयले आवश्यक परेको खण्डमा अझ थप दायित्व पनि सुम्पने बताउनु भयो । 

साथै उहाँले सरकारको निर्देशनलाई वस्तुनिष्ठ तबरले पालना गर्दै आएको भन्दै कर्पोरेशनको   प्रशंसा गर्नुहुँदै व्यवस्थापनले आधुनिकिकरण, डिजिटलाईजेसन जस्ता बिषयलाई अझ प्राथमिकता दिदै व्यवसाय बिस्तारको नीतिलाई सेमेट्दै अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सोही अवसरमा लक्ष्मीदास मानन्धर इटहरी स्थित निसहाय बालगृहलाई ताम्रपत्र सहित ७५ हजार राशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै संस्थाको तर्फबाट संस्थापक गीता गौतमले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संस्थाले हालसम्म ३५ जना छोरीहरु अन्माईसकेको र कयौ बालबालिकाहरु हुर्केर उच्च शिक्षाका लागि विदेश गएको जानकारी दिनुहुँदै कर्पोरेशनबाट सम्मानित हुन पाएकोमा गर्व महशुस भएको बताउनुभयो । 

त्यस्तै कर्पोरेशनले यस बर्षका लागि जनही रु ३० हजार राशीको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ बिष्णु प्रसाद न्यौपाने, नन अधिकृत स्तरतर्फ तेज बहादुर कार्की र स्तरविहिन तर्फ राधेश्याम खडकालाई सम्मानित ग¥यो । त्यस्तै जनही ३५ हजार राशीको ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागिय प्रबन्धक सबल रिजाल र सहायक स्तरमा काजी बहादुर पराजुली र सवारी चालक मङ्लबहादुर लामालाई पुरस्कृत गरेको छ । 

कर्पोरेशन अन्तर्गत कार्यरत कर्मचारीका छोरा छोरीहरु मध्ये गएको एसईई परिक्षामा सर्वोकृष्ट नतिजा पस्कन सफल तेज बहादुर कुँवरका छोरा पर्सव कुँवर र कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई क्रमश अनङमान शेरचन र लोकनाथ जोशी छात्रवृत्ती प्रदान गरियो । 

उहाँहरुलाई २ बर्षसम्म मासिक ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । सोही अवसरमा कर्पोरेशनमा २० बर्ष सेवा अवधि पुरा गरेका माया बिमली र सन्तोष सिग्देललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो भने उपत्यका बाहिरकालाई तततत कार्यालय मार्फत प्रदान गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, सेयरधनी, पूर्व सचिव, उपभोक्ता अधिकारकर्मी, कर्पोरेशनका कर्मचारी परिवार, डिलर, पत्रकार लगायतका शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । 

यता दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँअघिदेखि नै हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । 

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो । 

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु. ८ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आ.व. २०७४÷७५ मा रु. ९ अर्ब ६८ करोड, आ.व. २०७५÷७६ मा रु. ८ अर्ब २५ करोड, आ.व. २०७६÷७७ मा रु ९अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७÷७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उहाँको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । 

कर्पोरेशनले आव २०७७÷७८ मा मात्रै रु. ५ करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो ।

0 comments

Write Down Your Responses