Powered by Blogger.
मकवानपुरकी पौडेललाई प्रोत्साहन पुरस्कार



काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा जन्मीएकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित भएकी छिन् । 

हेटौँडाबाट पत्रकारिता शुरु गरेकी पौडेललाई प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमनकर्ताको रूपमा कार्यरत रहेकै बखत काउन्सिलले कर्मचारी प्रोत्साहन पुरस्कारको लागि सिफारिस गरेको थियो ।

पौडेलले काउन्सिलले आफूलाई प्रोत्साहन गर्नुले आफुलाई थप जिम्मेवारी बोध गराएको बताइन् । पुरस्कारले आफ्नो पत्रकारिता प्रतिको प्रेम, लगाव र मेहनतलाई शसक्त बनाएको भन्दै उनले अझ जोश जाँगर बढाउन प्रयास गर्ने बताएकी छिन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट २०७७ सालमा सम्मानित पौडेलले मकवानपुरको हेटौँडा एफएमबाट पत्रकारिता सुरूवात गरेकी हुन् ।

पौडेलसँग टेलिभिजन, अनलाईन र पत्रिकामा काम गरेको भनुभव रहेको छ । 

राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन गरेकी पौडेलले समसामयिक विषयवस्तुका साथै महिला तथा बालबालिका क्षेत्रमा कलम चलाउने गरेकी छिन् ।


0 comments

Write Down Your Responses