Powered by Blogger.
थाहानगरको बज्रवाराहीमा अस्थायी प्रहरी चौकी स्थापना


 

मकवानपुर । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ स्थीत बज्रबराहीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी चौकीको २६ भदौमा एक समारोहकाबीच मकवानपुर प्रहरी प्रमुख नायब प्रहरी उपरीक्षक बामदेव गौतमले उद्घाटन गरे ।

वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गौतमले चौकीको ब्यानर अनावरण गरी उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अथिती गौतमले आफुले थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रेष्ठसंग भेट भएको डेढ महिनामै चौकी स्थापनाको गरेको बताए । 

उनले अस्थायी रुपमा स्थापना भएको चौकीलाई स्थायी बनाउन स्थानीयहरु नै जागरुप हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेस थाहानगर सभापती प्रमोदकृष्ण जोशीले दशकौदेखिको प्रहरी चौकी स्थापना गर्ने सपना साकार भएको बताए । जोशीले खुशी व्यक्त गर्दै पर्यटकीय क्षेत्र बज्रवाराहीमा प्रहरी चौकी स्थापना हुनु निकै महत्वपूर्ण कार्य भएको बताए ।

 उनले प्रहरीलाई ‘प्रहरी मेरो साथी’ भन्ने नाराले वास्तवमै सार्थकता पाउनुपर्ने विश्वास व्यक्त गरे । बज्रवाराहीमा विभिन्न वित्तिय संस्था, बैक, सहकारी, बजारक्षेत्र रहेकोमा सम्पुर्ण निकायले प्रहरीको सुरक्षाको अनुभूति प्रत्येक्ष रुपमा गर्न पाउनुपर्नेमा जोड दिए ।

थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रेष्ठले आफुले चुनावमा जनतासंग गरिएको प्रतिवद्दता अनुरुप जनताको सेवा र सुरक्षाको लागि चौकी स्थापना भएकोमा खुशी व्यक्त गर्दै सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए ।नले इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरसंग समन्वय गरेर अघि बढ्ने बताए ।

 

उनले चौकी स्थापनासंगै थाहानगरको बज्रवाराही क्षेत्रका नागरिकले थप सुरक्षाको अनुभूति गर्न पाएको उल्लेख गरे । थाहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्यहरु, वित्तिय तथा सहकारी सस्थाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक स्थानीयको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा नेकपा एमालेका नेता विष्णु प्रसाद ढकाल, कल्पना बलामी, नेपाली काँग्रेसकी नेतृ ईश्वरी सिंह ठकुरी, नगर सभापती प्रमोद कृष्ण जोशी, नेकपा एकिकृत समाजवादीका ईश्वरलाल रुम्बा लगायतकाले शुभकामना दिएका थिए । थाहानगरमा पालुङमा इलाका प्रहरी चौकी पालुङसहित सिमभन्ज्याङ र चित्लाङ प्रहरी चौकी यसअघि नै स्थापना भई सेवारत छन् ।

 

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं.६ बज्रबाराही बजारको रुपमा क्रमिक बिकसित भैईरहेको, जनघनत्वको लगातार बृद्धि भैईरहेको सन्दर्भमा सुरक्षाको दृष्टिकोणले तत्काल सुरक्षाकर्मीको पहुँच पु¥याउन समेत कठिन भएको महसुस गर्दै बज्रबाराहिमा अस्थायी प्रहरी चौकी स्थापना गरियको हो । 


0 comments

Write Down Your Responses