Powered by Blogger.
छठ पर्वका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ


काठमाडौँ । छठ पर्वको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमासरसफाइ गरिएको छ ।

शनिबार सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रमम शशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो ।  करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन ब्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अर्घ चढाउने गर्दै आएका छन् । 

काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठ मन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने बताउँदै मुलुकमा विद्यमान सबै जाति समुदायका फरक फरक संस्कृति तथा पर्वले एकापसमा सदभाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजकुमार विष्टले आफ्नो संस्था मानव सेवा, तथा सामाजिक कार्यमा क्रियाशील रहेको जानकारी दिँदै विभिन्न समयमा त्यस क्षेत्रमा स्वास्थ्य शिवीर सञ्चालन गरिँदै आएको बताउनुभयो ।

शिक्षिका सुनिता श्रेष्ठले छठलाई दृष्टिगत गर्दै सुरक्षाकर्मीको सहयोगमा गरिएको सफाइको सराहना गर्नुभयो । 




0 comments

Write Down Your Responses