Powered by Blogger.
ध्रुवताराको खण्डकाव्य सार्वजनिक

 


काठमाडौँ । वि.सं. २०७९। ७। २१ गते सोमबार ध्रुवताराद्वारा लिखित खण्डकाव्य सार्वजनिक भएको छ । उनको २०२१मा शिखरबेसीमा सामान्य किसान परिवारमा जन्म भएको थियो । उनका जीवन भोगाइलाई काव्यमा प्रस्तुत गरेका छन् । हाम्रो नुवाकोट साहित्यिक फाँटमा उनको आगमन भएको छ । सामान्य जीवनमा रमाएका ध्रुवताराले अनेकौँ संघर्ष गरेका छन् । यतिबेला रसुवा जिल्लाको वन विभाग अन्तरगत  राष्ट्रिय निकुञ्जमा कार्यरत छन् । उनले पैँतिसवर्ष  नोकरीमा बिताएका छन् । उनी  नुवाकोटे साहित्यिक फाँटमा अर्थात् प्रगतिशील साहित्यकारका रूपमा उभिएका छन् । हार्दिक शुभकामना । प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्रगतिवादी साहित्यकार नरेश शाक्य ,साहित्यकार प्रमुख टिप्पणीकर्ता डा.तिलक लुइँटेल बिशिस्ट अथिती  पूर्व प्रेस काउन्सिलका अध्यक्ष एवम् माक्र्सवादी चिन्तक भवानी बराल , नेपाल पत्रकार महासंघ काठमाण्डौँ शाखाका अध्यक्ष सूर्य सुवेदी ,प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति सदस्य वैरागी जेठा अतिथि रसुवाली कवि , रामेश्वर भण्डारी , मान बहादुर तामाङ ,सुमन तिमल्सिना ,रजमान तामाङ , मुकुन्द पौडेल , दुर्गा भरमकोटेद्वारा संयुक्तरूपमा कृति बिमोचन गरिएको थियो । उक्त समारोहका सभापति लेखक ध्रुवताराकी सुपुत्री गोमा पण्डितको रहेको थियो भने उद्घोषण सुशीला भट्टले गर्नु भएको थियो ।

      ध्रुवताराको पहिलो कृति हो । उनी लोकछन्दमा रमाउँने कवि हुन् । भाषाको सवाललाई लिएर हेर्ने हो भने कृति ओझेल पर्न सक्छ । उनले आफूले जे जसरी जाने त्यही अनुरूप कृति आएको छ । उनको जीवन एउटा संघर्षशील मय यात्रा रहेको देखिन्छ । उनलाई शुभकामना दिने व्यक्तित्वहरूले ऊर्जामय सल्लाह सुझाव दिएका थिए ।

0 comments

Write Down Your Responses