Powered by Blogger.
मनहरी क्याम्पसमा शिक्षकले तलव नपाएपछि पेन डाउन


मनहरी । पश्चिम मकवानपुरको मनहरी–८ मा सञ्चालित मनहरी बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले समयमा तलब नपाएपछि पेन डाउन गरेका छन् । 

प्राध्यापकहरुले पेन डाउन गरेपछि  क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य तथा मनहरी गाउँपालिका पुर्व अध्यक्ष एकराज उप्रेती आन्तरिक कारण भन्दै समस्या समाधानबाट पन्छिएका छन् । 

उप्रेती अहिले प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा ब्यस्त हुनुहुन्छ ।

पश्चिम मकवानपुरकै गौरवको रुपमा रहेको यस क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुले  १ वर्ष भन्दा  बढि  सयमसम्म तलब सुबिधा नपाएकोले पेन डाउन  गर्न  बाध्य भएको एक प्राध्यापकले बताउनुभयो ।

 गत सालको माघ देखि तलब नपाएको र सो को ब्यवस्थापनमा क्याम्पस व्यवस्थापन समितिले वेवास्ताका गरेको कारण पठनपाठन हुन नसकेको प्राध्यापकहरु बताउँछन् ।  क्याम्पसमा बिद्यार्थी आउछन तर प्राध्यापक भने क्याम्पसमा उपस्थित हुँदैनन् । 

क्याम्पसमा बिद्यार्थी आउँदा पनि तपाईहरु किन पढाउन नआउनुभएको भन्ने प्रश्नमा एक प्राध्यापक भन्नुहुन्छ,  ’हामी १६ महिनादेखि बेतलबी हुँदा समेत क्याम्पस ब्यबस्थापनले कहिल्यै वास्ता गरेन । निरन्तर क्याम्पसलाई सहयोग गरिरह्यो तर अहिले त हदै पार गरिसकेपछि बाध्य भएर सामुहिक पेन डाउन गर्न बाध्य भएकाछौँ’

क्याम्पस प्रमुख अमित पौडेल बिगद ३ महिनादेखि अस्वस्थताका कारण भन्दै क्याम्पस उपस्थित छैनन् ।  


एकराज उप्रेती


नियमित कक्षा संचालन नहुँदा बिद्यार्थीलाई समस्या भएको र बिद्यार्थीको भविष्यमा खेलबाड नगर्न एक विद्यार्थीले आग्रह गरे । 

विद्यार्थीहरुले क्याम्पस प्रसाशन र ब्यबस्थापनले आफुहरुलाई पढ्ने वातावरण बनाई बिद्यार्थीको भबिष्यमाथि खेलवाड नगर्न आग्रह समेत गरेका छन्  ।



0 comments

Write Down Your Responses