Powered by Blogger.
पालुङ जेसीज अध्यक्ष पदमा संगम कार्कीको उम्मेद्वारी


थाहानगर । पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी  घोषणा गर्नुभएको छ ।

एक ब्यक्ति एक पद एक बर्ष कार्यकाल रहने जेसीजको बर्ष २०२२ का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको बर्ष २०२३ का लागि कार्की तीन ’स’ अर्थात् समानता, सहकार्य र सफलताको मूल सिद्धान्त सहित अध्यक्ष पदको लागि आफू तयार भएको बताउनुभयो ।

अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको कार्कीले  बर्ष २०२३मा उपलब्धिमुलक कार्यक्रम गर्दै सदस्यहरुको व्यक्तित्व बिकास सहित गाउँ, समाज र राष्ट्रको बिकासमा युवाको क्षमतालाई प्रदर्शन गर्न सक्ने बनाउन विविध कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

कार्कीले बर्ष २०२३मा विशेष २३ कार्यक्रम सहित उत्कृष्ट बर्ष बनाउने समेत बताउनुभयो । उहाँले युवाहरुलाई सूचनाप्रबिधिमा जोडेर थाहा नगरको शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, कृषि, राजनीति, ब्याक्तित्व बिकासको क्षेत्रमा कार्यक्रमहरु तयार गरिएको बताउनुभयो ।

बर्ष २०१६ मा पालुङ जेसीजको सदस्यता लिनुभएको कार्कीले २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२०मा कोषाध्यक्ष, २०२१ मा महासचिव र २०२२मा कानुनी सल्लाहकारको भूमिका निभाई सक्नुभएको छ । 

पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको जेठो छोरा संगम कार्की आफ्नो बुबाको प्रेरणा र युवाहरुलाई समाज बिकासमा प्रेरित गर्न आफुले अध्यक्ष पदमा उम्मेद्बारी दिने बताउनुभयो । 



जमर्को नेपालको अध्यक्ष, एन्टिक नेपाल प्रा.लि. (हस्तकला सम्बन्धि तालिम र सिप प्रदान गर्ने संस्था) ब्यवस्थापकको जिम्मेवारी सम्हालीसक्नु भएको कार्की हाल जनकल्याण माबिको शिक्षक, उच्च माध्यमिक शिक्षक संगठनको थाहा नगर संयोजक, नेपाल शिक्षक महासंघ थाहा नगर सदस्य, प्याब्सन थाहा नगर सचिब, हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माबि मानबिकी संकाय संयोजक, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला सदस्य, जनशक्ति कृषक सहकारी संस्था लि. थाहा ३ को  लेखा सुपरिबेक्षेण समिति सदस्य लगायतको जिम्मेवारीमा हुनुहुन्छ । 

सामाजिक क्षेत्रमा सक्रिय कार्कीले पालुङ जेसीजको ईतिहासमा बर्ष २०२३ लाई लोकप्रिय र उत्कृष्ट बनाउने बताउनु भयो ।


0 comments

Write Down Your Responses