Powered by Blogger.
ऐतिहासिक एवं सास्कृतिक कुन्छाल गोपाली गाउँमा रैथाने कृषि तथा सास्कृतिक मेला हुँदै


थाहा । उत्तरी मकवानपुरको थाहा नगारपालिका १ कुन्छालमा रैथाने कृषि तथा सास्कृतिक मेला हुने भएको छ । शुक्रबार उद्घाटन हुनेगरी २ दिने रैथाने कृषि तथा सास्कृतिक मेलाको आयोजना गरिएको हो ।  कला, सस्कृती, भेषभुषाको साथमा स्थानीय बिशेष पकवानको स्वाद लिन पाइने भएकाले उक्त मेला विशेष हुने बताइएको छ ।

 बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले महोत्सवको उद्घाटन गर्नुहुने भएको छ । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाई समितिको आयोजना तथा थाहा नगरपालिका, १ नं. वडा कार्यालय र लवग्रिन नेपालको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । 

कार्यक्रममा रैथाने कृषी उपज प्रदर्शनी, परम्परागन सांस्कृतिक झाँकी प्रदर्शनी, गोपाली खाना महोत्सव, कुन्छाल फोटो प्रदर्शनी, स्थानीय कृषी उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी समावेश रहेको १ नं वडाका अध्यक्ष हेरामान गोपालीले जानकारी दिनुभयो । 

उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराहीको गोपाली गाँउ ऐतिहासिक गाँउ हो । उस्तै प्रकारका र एकै रंगका छाना भएका टम्म मिलेका घरहरु नै यो गाँउको विशेषता हो । त्यतीमात्र होइन ऐतिहासिक गोपालवंशी अर्थात ग्वाला जातीको मात्र बशोबास  भएको यो गाँउ साँच्चै आकर्षक छ । 



पछिल्लो समय गोपाली जातीको वसोवास रहेको यो गाँउमा हो स्टेहरु निक्कै फस्टाएको छ । तालिम लिएर केही स्थानीयले आकर्षक होम स्टे चलाउन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरु पनि यो गाँउमा बढ्न थालेका छन् ।  

त्यसो त यो गाँउमा केही वर्ष पहिलेसम्म् परम्परागत रुपमा खेसका कपडा उत्पादन गर्न प्रयोग हुने तान र चर्खाका आवाज सुन्न सकिन्थ्यो । अचेल त्यो हराएको छ । आफ्नो समुदायमा सबैजना मिलेर बस्ने, गुठी भोज खाने, खुकुरा नपाल्ने यो जातिको विशेषता हो ।  

मकवानपुर जिल्लाको उत्तरी भेग शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, कुन्छाल, गहते र कुलगाउँमा पनि गोपाली जाति छन् । तर कुन्छाल गाँउका युवा पुस्ताको पर्यटन विकासमा आकर्षण बढेको छ । ऐतिहासिक गोपालवंशका जाति मानिने गोपालीको पहिचान र आम्दानीको स्रोत  खेतीपाती र पशुपालन भएपनि अचेल होम स्टेतिर पनि आकर्षण बढ्नु खुसीको कुरा भएको स्थानीय पर्यटन प्रवर्दन समितिका अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी थाहा नगर कमिटीका अध्यक्ष सानुकाजी गोपाली बताउनुहुन्छ । 

यहाँका महिलाहरु हाकुपटासीमा पुजा आजा देखी पँधेरामा पुग्ने गर्थे । जुन कपडा यही गाँउमा बुनिन्थ्यो । तर महिलाहरु  आधुनिकता संगै कुर्ता सुरुवाल र सुतीका साडीमा देखिन थालेका छन् । गाउँलेको व्यावसाय मात्र नभएर पर्यटनको सम्भावना पनि रहेको घरबुनाको परम्परा जोगाउन केही संस्थाको पहलमा तालिम पनि दिएको थियो । तर अहिले उक्त सिप कसैले प्रयोग गर्दैनन् ।



 परम्परागत रुपमा गोपाली महिलाहरुको विवाहमा तीन धार्नी धागो दाईजो दिने प्रचलन थियो । उक्त धागोलाई स्थानिय भाषामा “मादाँ” अर्थात मूल पँुजी भन्ने गरिन्छ । सोही पँुजीको आधारमा पेवा बनाउने र घरखर्च चलाउने भएकाले यसले पारिवारिक रुपमा आर्थिक उपार्जनको परम्परा बसाएको भनाइ छ । 

तर समाजमा यस्ता परम्परा विस्तारै विस्थापित हुँदै गएकोमा उनीहरु समेत खिन्न छन् । पछिल्लो पटक चर्चा पाएको पर्यटनलाई बढवा दिन सके कुन्छालको मात्र होइन समग्र थाहा नगरकै विकासले काँचुली फेर्ने निश्तीच छ ।

 यसैको प्रचारप्रसार र प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको स्थानानीय प्रतिक गोपालीले जाकारी दिए । 


0 comments

Write Down Your Responses