Powered by Blogger.
यति एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको शव फेला



पोखरा । काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको  विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा आइतबार बिहान दुर्घटना भएको छ । 

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार थिए । 

दुर्घटनास्थलमा हालसम्म ६६ जनाको शव फेला पारिएको छ । 

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको छ ।

तस्विर साभारः अनलाइन खबर डटकम

0 comments

Write Down Your Responses