Powered by Blogger.
राष्ट्रपति पौडेलद्वारा पुष्पलालको प्रतिमामा माल्यार्पण


काठमाडौं । नवनिर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

शनिवार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मारकमा पुगेर राष्ट्रपति पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो । 

चम्पादेवी पुग्नुभएका राष्ट्रपति पौडेललाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो । अध्यक्ष नेपालले राष्ट्रपति पौडेललाई पुष्पलालको तस्वीर पनि हस्तान्तरण गर्नुभएको छ । 

केही महिनाअघि प्रधानमन्त्री नियूक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डपनि चम्पादेवी पुगेर शालिकमा माल्यार्पण गर्नुभएको थियो ।






0 comments

Write Down Your Responses