Powered by Blogger.
ह्विल चियर बास्केटबल प्रतियोगिता सम्पन्न


काठमाडौं । राष्ट्रिय एकता, अखण्डता, राष्ट्रभक्ति, राष्ट्र समृद्दी, प्रेम र दिगो शान्तिको भावना अभिवृद्धिको लागि नेपालमा गएको २०७२ को भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति समर्पित गर्दै उहाँहरुको चिर आत्माको शान्ती र अङ्ग भङ्ग भएका व्यक्तिहरुको स्वास्थ लाभको कामना गर्ने उदेश्यले जय महाकाल युवा समुहले “ ह्विलचियर बास्केटबल प्रतियोगिता – २०८०”  सम्पन्न गरेको छ । 

प्रतियोगिता अपाङ्गता भएका खेलाडीहरुले भाग लिएका थिए ।

बैशाख १२ गते मंगलबार भएको एकदिवसीय प्रतियोगितामा फाइनलमा आयोजक महांकाल टिमले सगरमाथा क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । आयोजक टिमले नगद  १४ हजार एक सय ११  र उपविजेताले नगद ७ हजार सात सय ७७  साथमा कप , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रतियोगितामा अन्नपुर्ण टिमले माछापुच्छ्रे टिमलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो । तेस्रो हुने टिमले ५ हजार पाँच सय ५५  र मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । सान्तवना टिमले नगद  ३ हजार ५ सय ३५ रुपैया र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडिलाई प्रमुख अतिथि योगी दिपकनाथ महाराज , जय महांकाल युवा समुह संस्थाका अध्यक्ष लिलानाथ भण्डारी , कलाकार माया थामी , अस्मिता रनपाल , दाङ जिल्ला अध्यक्ष हेमन्त बस्नेत लगायतका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 


0 comments

Write Down Your Responses