Powered by Blogger.
काँग्रेसबाट निर्वाचित थाहानगरका वडा अध्यक्षकै घरमा लागू औषध गाँजा गोदाम


पालुङ । थाहा नगरपालिका ७ का वडामा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षकै घरमा गाँजा गोदाम भेटिएको छ ।  

वडा शिवराज थिङ लागुऔषत गाँजा सहित पक्राउ परेका हुन् ।  

सोमबार बिहान ६ बजे लागू औषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौ र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोलिले थाहा नगरपालिका वडा न ७ का वडा अध्यक्ष थिङको घरबाट विक्री वितरण गर्ने उद्देश्य सहित लुकाइ छिपाइ राखेको अवस्थामा ३० वटा पोकामा २७ किलोग्राम गाजाको धुलो र इन्द्र बहादुर थिङको घरबाट १० वटा बोरामा लुकाएर राखेको १ सय ७५ किलो सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पक्राउ पर्नेमा  थाहा ७ का वडा अध्यक्ष थिङ सहित उनका बाबु ७६ वर्षिय  भिम बहादुर थिङ र सोही स्थानका वर्ष ६७ को इन्द्र बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।



पक्राउ परेकाहरू लाई थप अनुसन्धान तथा कारवाहिको लागि कार्य भैरहेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।

लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो । 

थाहा नगरपालिका–७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् । इन्द्रबहादुरको घरमा प्रहरीले जाँच गर्दा १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

लागुऔषध गाँजासहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





0 comments

Write Down Your Responses