Powered by Blogger.
विश्वकै उच्च सवारी दुर्घटना हुने मुलकमा नेपाल



आरती बुढापृर्थी

काठमाडौं । नेपालमा पछिल्लो समय  सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी दुर्घटनाले सर्वसाधारणमा ासको अवस्था सृजना गराएको छ । सडकमा यात्रा गर्नुअघि सकुशल गन्तब्यमा पुग्न सकिन्छ कि सकिदँैन भन्ने सोचाईले यात्रु अन्यौलमा पर्ने गरेका छन् । 

प्रत्येक ४ वर्षमा सडक दुर्घटनाबाट ज्यान गुमाउने तथा अंगभंग हुनेको संख्या कथित दशवर्षे जनयुद्ध र महाभूकम्पको भन्दा बढ्ता रहेको तथ्याङ्कले देखाउँछ । यसबाट नै नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह छ भन्ने बुझिन्छ । यो परिस्थितिलाई सामाना गर्न दुर्घटना न्युनिकरणका  विभिन्न उपायहरु अवलम्बन गर्ने चुनौति देखिएको छ ।

सडक दुर्घटनाका कारण वार्षिक रुपमा दुई हजार सर्वसाधारणको मृत्यु हुने गरेको र १२ हजार भन्दा बढि घाईते हुने गरेको प्रहरीको तथ्याङ्कले बताउँछ । विश्वकै उच्च सवारी दुर्घटना हुने मुलकका रुपमा नेपाललाई चिनिएको भन्दै अखबारहरुमा आएको बितितै छ ।

नेपाल जस्तो सानो मुलुकमा सवारी दुर्घटना कै कारण  गम्भिर रुपका मानविय तथा भौतिक क्षती हुदै आएको छ । दुर्घटनाको अखडा बनेको नेपालमा कसरी दुर्घटनाको दरलाई घटाउन सकिन्छ भन्ने चिन्ता तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।

सडकको अवस्था, सवारी साधनको चेकजाँच र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई यात्रुमैत्री सवारी संञ्चालन गर्नुपर्ने आजको आवश्यकता देखिएको छ ।

यातायात सेवा मानव समाजका लागि नभई नहुने आवश्यकता हो । यातायात सेवालाई प्रभावकारी बनाई अघि बढाउन सकिए अकालमा सर्वसाधारणले ज्यान गुमाउदैननन् । 

भौगोलिक विकटता, जिर्ण सडक, कम अनुभवी चालक, क्षमताभन्दा बढि लोडका कारण पनि बढि दुर्घटना हुने गरेको छ । 

बढी सवारी दुर्घटना हुने जिल्ला मध्ये कास्की,मुगु,ओखलढुङगा,जाजरकोट,अर्घाखाँची,बाग्लुङ,सल्यान,तुल्सीपुर,दाँङ,मुस्ताङ,दैलेख लगायत विभिन्न ठाउँहरुमा सवारी दुर्घटनाका कारण धेरैले ज्यान गुमाएको देखिन्छ । 

विश्व स्वास्थ्य संङगठनका अनुसार नेपालमा दुर्घटनाका कारण वर्षेनि २ हजार देखि २५ सय सम्म ज्यान जाने गरेको छ  । दैनिक सरदर ७ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । दुर्घटनाको शिकारले दैनिक ४० देखि ५० जना भन्दा बढि घाईते हुने गरेको र भौतिक रुपमा क्षति भइरहेको जनाइएको छ ।

डरलाग्दो दुर्घटनाको अवस्थालाई न्युनिकरण गर्न सडक विभाग, तिनै तहका सरकार, प्रहरी, यात्रु सबैले आ आफनो स्थानबाट भुमिका निर्वाह गर्नु आवश्यक छ । 

–(प्रशिक्षार्थी पत्रकार )



0 comments

Write Down Your Responses