Powered by Blogger.
जन आकाश साप्ताहिकको १६ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न


काठमाडौं । उपसभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।  

बुधबार जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रममा प्रमुख अतिथि रानामगरले यस्तो बताउनुभएको हो । 

लोक गीतको लोकार्पण गर्दै उप–सभामुख रानामगर भन्नुभयो, ‘म पनि रामेछापका बिभिन्न भू–भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ 

जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै उहाँले प्रशंसा गर्नुभयो  । उहाँको गुनासो भियो, ‘मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ, तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । ’



अर्को प्रशङ्गमा उप–सभामुख रानामगरले भन्नुभयो, ‘ यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दैहुनुहुँदो रहेछ । मैले पनि अनाथ स–सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थप्नुभयोे ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन, ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ, के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले जनआकाश  साप्ताहिकलाई शुभकामना दिँदै जन आकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडियाले जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था छ । 

यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मुख्य भूमिका हुनुपर्नेमा जोड दिनुभयो। 



शुभकामना दिने क्रममा टानका पुर्व अध्यक्ष  तथा  नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य खुम बहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल भएको र यसको समाधान सरकारी पक्षबाट हुनुपर्ने र पर्याटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने बताउनुभयो ।


 

कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी,  बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर–पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।

कार्यक्रमको सभापति जनआकाश मिडियाका अध्यक्षले मोहन कार्कीले गरेका थिए । उनले कार्यक्रमलाइ सम्बोधन  गर्दै भने, “जनआकाश पत्रीका जनताको मुख पत्रको रुपमा जनताकै बोलि बोल्नको लागि स्थापना भएको हो। स्थापना कालदेखि नै जनताको बोलि बोलेको हुनाले आज यति धेरै तपाइहरुको माया पाएको छु।“

 कार्यक्रममा सुसेली विद्याका गितहरु प्रस्तुत गरिएका थिए । शुसिला ढकाल अधिकारीले नारी संवेदनाका विषयमा सुसेली प्रस्तुत गर्नुभएको थियो भने दामोदर ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 






0 comments

Write Down Your Responses