Powered by Blogger.
दुबै मृगौला नाजुक भएका शेर्पाको ज्यान बचाउन पहल


काठमाडौं । दुबै मृगौला पिडित एक युवाको ज्यान बचाउने अभियान उत्साहप्रद ढंगले अघि बढेको छ ।

 श्री अनाश्रित वालवालिका उत्थान केन्द्रका अध्यक्ष तथा सिन्धुपाल्चोक मिलीजुली समुहका अध्यक्ष कृष्ण शिवाकोटीको नेतृत्वमा यो अभियान अघि बढेको हो । 

सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउपालिका वडा न ४ नारायणथान निबासी  निमा ग्याल्जिङ शेर्पा को छोरा बर्ष ४० को सिन्धुपाल्चोक मिलिजुली समुहको सदस्य  तेम्बा छिरिङ शेर्पाको दुबै मृगौला नाजुक अवस्थामा पुगेपछि यो अभियान चलाएको शिवाकोटीले बताए ।  

चिकित्सकको  रिपोर्ट  अनुसार   दुबै मिर्गौला फेल  भयेर काम नगर्ने   हुनाले मिर्गौला प्रत्यारोपन को लागि आर्थिक अबस्था  अत्यन्तै कमजोर भएको र उपचारका क्रममा सबै सम्पति सकिएकोले थप उपचारको लागि यो अभियान चलाइएको हो ।  

अध्यक्ष शिवाकोटीले शेर्पाको जीवन बचाई दिन  समस्त स्वदेस तथा बिदेशमा रहनु हुने दाजु भाइ दिदी बहिनी  लाई सहयोगको अपिल गरेका छन् । 

शेर्पाका दुई कलिला बच्चाहरु तातोपानी अधारभुत बिद्यालयमा अध्ययनरत छन् । 

अध्यक्ष शिवाकोटीले सबै सहयोगको बिबरण टेलिभिजन मार्फत सार्बजानिक गरिने छ सबै रकम  पारदर्शि ढंगले बिरामीको उपचार र हितमा उपलब्ध गराइने दावी गरेका छन् । 

 केही मात्रा सहयोग प्राप्त भैसकेको र केही हुने क्रममा रहेको उनको भनाई छ । 




0 comments

Write Down Your Responses