Powered by Blogger.
एकिकृत समाजवादी छोडेको भन्दै एमालेले प्रचार गरेका राजेश समाजवादीमै


काठमाडौं । केही दिन अघि नेकपा एकिकृत समाजवादी परित्याग गरी एमालेमै फर्किएको भनी प्रचार गरिएका राजेश पाख्रिनले उक्त हल्ला निराधार भएको र आफु एकिकृत समाजवादीमै क्रियाशिल रहेको स्पष्ट पारेका छन् । 

पार्टी छोडेर अन्यत्र नगएका उनी शनिबार काठमाडौंमा सम्पन्न लोकतान्त्रीक तामाङ संघ समाजवादीको केन्द्रीय सम्मेलनमा प्रतिनिधी समेत रहेर सक्रिय सहभागिता जनाएका थिए । 

एकिकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सदस्य तथा इन्द्रसरोवर गाँउपालिका कमिटीका उपाध्यक्ष रहेका उनले एक प्रेस विज्ञप्ती नै जारी गरेर एमालेहरुले भ्रमपुर्ण प्रचार गरी आफ्नो राजनीतिक चरित्र बदनाम गराएको बताएका छन् । 

केही महिना अघि एमालेका कार्यकर्ताहरुले आफुलाई हेटौडा गएको बेला ‘तपाँइ हाम्रो अविभावक हुनुहुन्छ, कार्यालयमा आउनुहोस् भनेर बोलाएको र व्यक्तिगत भेटघाट भएको कुरालाई  तस्विर खिचि पार्टी प्रवेश गरेको भनि बद्नाम गराएको’ उनको भनाई छ । 

पाख्रिनले उक्त कदमप्रति असहमति र घोर भत्सर्ना समेत गरेका छन् । 

उनले यस्ता दुष्प्रचार बन्द गर्न समेत आग्रह गरेका छन् । उहाँ एक जिम्मेवार र सिद्धान्तनिष्ठ कमरेड भएकाले भ्रमपूर्ण दुष्प्रचारमा कोही नपर्नुहुन समाजवादी इन्द्रसरोवरका अध्यक्ष कुन्साङ लामाले आग्रह गरेका छन् । 




0 comments

Write Down Your Responses