Powered by Blogger.
बागमती प्रदेशस्तरीय प्रशिक्षण काठमाडौँमा



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले मुलुकमा संघीय समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।  

नाजगार्जुन नगर समितको पुर्नगठन कार्यक्रमको उदघाटन गर्दै उहाँले समाजमा विद्यमान जातिय, वर्गीय, लैङ्गिक लगायत सबै खाले विभेदको अन्त्य गरी राष्ट्रिको समुन्नति कायम गर्न क्षेत्रीय तथा प्रादेशिक विकासको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका सहअध्यक्ष श्रेष्ठले मानव संशाधनको आवश्यकता पूरा गर्ने गरी शिक्षा क्षेत्रलाई परिमार्जन गर्न सकेमा उत्पादनमुखी जनशक्तिको विकास भई प्रतिभापलायन रोकिने बताउनुभयो ।

विकसित देशमा शिक्षा नीतिलाई प्राथमिकतामा राखिने गरेको स्मरण गर्दै उहाँले प्राध्यापक अनुसन्धानमा केन्द्रित हुनपर्ने र विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको बागमती प्रदेश इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न संस्थागत बेथिति तथा भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गनुपर्नेमा जोड दिँदै निरङ्कुशता कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य एवं नगर कमिटीका इन्चार्ज सोनाम लामाले सबै पालिकामा कृषि उत्पादन वृद्धिका साथै युवा रोजगारी बढाउनपर्ने बताउनुभयो । सरकारले जनपक्षिय कार्य गर्ने गरी नीति तथा कार्यक्रम अवलम्बन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘मुलुकको विकास र समृद्धिका लागि अहिले समाजवादउन्मुख शिक्षाको आवश्यकता छ, समाजवाद शिक्षा नीति कस्तो हुनुपर्छ ? त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, ? त्यसतर्फ सबै पार्टी संवेदनशील हुनुपर्छ ।’ सोहन श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

बागमती प्रदेशका नगर समितिका प्रतिनिधिलाई प्रशिक्षित गर्न यही कात्तिक १६ गते बागमती प्रदेशस्तरीय प्रशिक्षण काठमाडौँमा सञ्चालन गर्ने छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई र संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले उक्त कार्यक्रममा प्रशिक्षण दिनुहुने छ । 




0 comments

Write Down Your Responses