Powered by Blogger.
नेपाल प्रहरीको असई र इन्सपेक्टरमा नयाँ भर्नाका लागि दरखास्त आव्हान


काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (सई) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । 

प्रहरी निरीक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ६० जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटमा गई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फारम भर्न सकिने छ ।

 साथै प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा उम्मेदवार स्वयम् उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।


0 comments

Write Down Your Responses