Powered by Blogger.
भारतीय दूतावासद्धारा विद्यालय भवन र पुस्तकालय हस्तान्तरण



काठमाडौं । भारतका राजदूत, महामहिम नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरे ।

’नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण भयो  ।





0 comments

Write Down Your Responses