Powered by Blogger.
उपकुलपति बास्कोटाद्धारा कार्यकालका उपलव्धी पत्रकार सम्मेलनमार्फत सार्वजनिक


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकालमा भए–गरेका उपलब्धीहरुका बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

त्रिवि स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपकुलपति प्रा.डा बास्कोटाले १५ बुँद्धे सुधारयोजना अन्तर्गत भएका पूर्वाधारको क्षेत्रमा भएको उपलब्धीहरु,प्रविधि मैत्री विश्वविद्यालय निर्माणमा भएका सुधारहरु, अनुसन्धान क्षेत्रमा प्राप्त भएका नजिताहरु,शैक्षिक पात्रोलाई व्यवस्थित गर्न अघि सारिएका सुधारका प्रयत्नहरु, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रिकरणको अभ्यासहरु, बजारमुखी स्वोरोजगार जनशक्ति निर्माणमा भएका पहलहरु, शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी उत्प्रेरणा जगाउन गरिएका थालनिहरु, अङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुको प्रभावकारी नियमनका पक्षहरु, उच्चशिक्षाको अन्तराष्ट्रियकरणमा गरिएका थालनिहरु, विद्यार्थी कल्याण तथा खेलकुदमा प्राप्त उल्लेखनीय प्रगतिहरु, त्रिविका सम्पत्तिको संरक्षणमा भएका गतिविधीहरु, त्रिवि अलुम्नाई एसोसियसनलाई त्रिविको हितमा प्रयोग गर्ने विषयहरु,सुशासनको क्षेत्रमा गरिएका सुधारहरु, त्रिवि ऐन,नियम र विनियमलाई समयसापेक्ष बनाउन गरिएका पहलकदमीहरु लगायतका विषयवस्तुहरु समेटनुभएको थियो । 



पत्रकार भेटघाटमा उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले त्रिभुवन विश्वविद्यालयलाई नेतृत्व दिइरहँदा आफुले भोगेका अनुभव र सुधारका लागि गरिएका प्रयत्नहरुको समीक्षा गर्नुभएको थियो भने आगामी दिनमा विश्वविद्याल सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा समेत सुझाव दिनुभएको थियो ।


0 comments

Write Down Your Responses