Powered by Blogger.
ग्लोबल साउथ थिङ्क ट्यांक संम्वादमा गरिबी निवारण, निष्पक्ष र न्यायपूर्ण विश्व व्यवस्थाको प्रवर्द्धनमा नेपालको जोड


काठमाडौँ । ग्लोबल साउथ थिङ्क ट्यांक संम्वादमा नेपालले जलवायु परिवर्तन, गरिबी निवारण, निष्पक्ष र न्यायपूर्ण विश्व व्यवस्थाको प्रवर्द्धनमा सुझाव दिएको छ ।

चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, फुजियान प्रान्तीय सरकार र ब्रिक्स थिंक ट्याङ्क चाइना काउन्सिलले संयुक्त रूपमा चीनमा आयोजना गरेको सम्मेलनमा ग्लोबल साउथ क्षेत्रको विकासमा योगदान गर्न विश्वव्यापी चुनौतीहरूको सामना गर्न यस क्षेत्रका राष्ट्रको साझा रणनीति हुनुपर्ने नेपालले सुझाएको हो।

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय विदेश विभाग सचिव डाक्टर शंकर खतिवडाले नेपालका तर्फबाट धारणा राख्दै समृद्ध प्राकृतिक स्रोत र बढ्दो अर्थतन्त्र भएको नेपालमा पूर्वाधार विकास, व्यापारलगायत क्षेत्रमा संभावना रहेको उल्लेख गर्नुभयो।

नेपाल द्विपक्षीय र बहुपक्षीय लगानि तथा सहयोगका लागि उर्वर भूमि भएको र अन्तर्राष्ट्रिय क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको डाक्टर खतिवडाले जानकारी गराउनुभयो। 

पोलिस रिसर्च एण्ड डिवेट सेन्टर नेपालको तर्फबाट उक्त कार्यक्रमका सहभागी हुनुभएका उहाँले स्वदेश फर्केपछि संचारकर्मीलाई जानकारी गराउनुभयो।

यही कात्तिक ८ देखि १८ गतेसम्म संचालित उक्त थिङ्क ट्यांक संवादमा नेपाल लगायतका ५० देशका ३०० भन्दा वढि थिङ्क ट्यांक, सरकारी कर्मचारीहरु, विशिष्ट राजनीतिज्ञहरुको सहभागीता रहेको थियो । 

सम्मेलनको पहिलो दिन विदेश विभागका उप प्रमुख गुओ येझोउ सँगको मिटिङ्गलाई डाक्टर खतिवडाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा नेपाल र चीनले प्राचीन कालदेखि नै मित्रता र सहयोगको गहिरो इतिहास रहेको उल्लेख गर्दै विआरआईको एउटा हिस्सा रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा विभिन्न विषयहरुमा थेमाटिक छलफल भएको थियो । डाक्टर खतिवडाले “सभ्यताहरुको विविधतालाई जोगाउन अन्तर–सभ्यता विचमा आदानप्रदान र पारस्परिक सिकाइ प्रवर्द्धन भन्ने थेमाटिक छलफलमा समेत आफ्नोे धारणा राख्नुभएको थियो ।


0 comments

Write Down Your Responses