Powered by Blogger.
संकटा मन्दिर परिसरमा रक्तदान आयोजना


काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक लायन मेल्भिन जोन्सको जन्म जयन्तीको अवसरमा,३२५ नेपाल डिष्ट्रिक्ट एस र आईका क्लबहरुद्वारा आइतबार काठमाडौंको संकटा मन्दिर परिसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

डिष्ट्रिक्ट एसबाट लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभ,लायन्स क्लब अफ काठमाडौं युनाईटेड सगरमाथा,डिष्ट्रिक्ट आईबाट लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहका पदाधिकारीहरु,लायन्स ३२५–ऽ का पूर्व गभर्नर लायन अमरबहादुर श्रेष्ठ,डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जयन्द्रलाल श्रेष्ठ,डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी,जोन चियरपर्शन लायन अरुणकुमार गुरुङ,३२५–आइका रिजन चियपर्शन लायन केदारप्रसाद न्यौपाने, डिष्ट्रिक्ट ३२५–ए का हनेरी डिष्ट्रिक्ट एडभाईजर लायन गोपाल श्रेष्ठ,लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभका अध्यक्ष लायन सुरज प्याकुरेल,प्रथम उपाध्यक्ष लायन सरिता कार्की, कोषाध्यक्ष लायन कृष्णराज कुँवर,सर्भिस चियरपर्शन लायन सुरज अर्याल,लायन नारायण न्यौपाने लगायतका महानुभावहरुको सहभागितामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 



पूर्व गभर्नर लायन अमरबहादुर श्रेष्ठले गभर्नर मेडलबाट सर्भिस चियपर्शन लायन एवं अन्तर्राष्ट्रिय मानव अधिकार संगठनका डाइरेक्टर सुरज अर्याललाई सम्मान गरेका थिए । 

हरेक ब्यक्तीहरुले ३ देखि ६ महिनामा रक्तदान गर्दा स्वास्थ्य राम्रो हुने र सो रगतबाट आवश्यक ब्यक्तीलाई रगत सहयोग हुने हुँदा सबैलाई रक्तदान गर्नसमेत जोन चियरपर्शन लायन अरुणकुमार गुरुङले आग्रहसहित अनुरोध गरेका छन् ।






0 comments

Write Down Your Responses