Powered by Blogger.
पालुङमा थाहा दिवस मनाइयो, केसी र ढकाललाई थाहा पत्रकारिता पुरस्कार


पालुङ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ९० औ जन्मजयन्तिको अबसरमा उनको जन्म स्थान थाहा नगरपालिकाकामा  कार्यक्रम  आयोजना भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा  थाहा दिवस २०८० सहित कार्यक्रम भएको हो । 

थाहा नगरपालिका वडा न ३ को  सहयोग तथा फरक सोच अभियानको आयोजनामा भएको  कार्यक्रम वडा न ३ का  अध्यक्ष  हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको अवसरमा स्वर्गिय रुपचन्द्र विष्टको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अथिती थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले  रुदाने जनताको चेतना जगाउने,जनमुखी विकासप्रेमी महान व्यक्ती भएको भन्दै प्रशंसा गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नगर प्रमुख बिष्टले रुदानेलाई कुनै पनि पार्टीको मात्र नभई उहाँको दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको समेत बताउनु भयो ।  

कार्यक्रममा  थाहा पत्रकारिता पुरस्कारबाट विगत लामो समय देखि मकवानपुरमा पत्रकारितामा क्रियाशिल हुदै आएका पत्रकार द्वय राजकुमार केसी र सुजन ढकाललाई संयुक्त रुपमा प्रदान गरिएको थियो । 

यस्तै तिर्थ दास श्रेष्ठ स्मृति सामाजिक सम्मान ४० बर्ष देखि शिक्षक पेशा अंगाली भर्खरै मात्र सेवा निवृत्त हुनुभएका जनकल्याण माध्यामिक विद्यालयका पुर्व शिक्षक कृष्ण बहादुर बिष्ट लाई प्रदान गरिएको थियो ।

फरक सोचका अध्यक्ष यादव जंग रायमाझीले  कार्यक्रम आयोजनाको बारेमा प्रकाश पार्नु भएको  उक्त कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता,नगर उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यताका साथै जनमुखी सहकर्मी,विभिन्न राजनैतिक दलका प्रतिनिधि ,संघसंस्थाका प्रतिनिधि हरुको उपस्तिथि  रहेको थियो ।


0 comments

Write Down Your Responses