काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ सलेनीमा रहेको श्री देवीथान प्राथमिक विद्यालयका प्रधानाध्यापक दित बहादुर घलानलाई गाउँपालिकाले सर्वोत्कृष्ट शिक्षक सम्मान प्रदान गरेको छ ।
सोमबार गाउँपालिकाको १५ औ गाउँसभाको उद्घाटन सत्रको अवसरमा विगत २० वर्ष देखि शिक्षा क्षेत्रमा अनवरत रूपमा क्रियाशिल रही सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा गुणस्तरीयता कायम गर्न लागिपरेको भन्दै घलानलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई समेत सम्मानित गरिएको थियो ।
गाउँपालिका अध्यक्ष राज कुमार मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै मकवानपुर क्षेत्र न २ प्रतिनिधी सभा सदस्य महेशकुमार बर्तौला विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद इन्द्र बानिया, पूर्व भौतिक योजना राज्यमन्त्री सन्तबहादुर चेपाङ, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, पूर्व सांसद ओम घलान आदि अतिथिका रूपमा उपस्थित थिए ।
सम्मान ग्रहण पछि मात्र प्रधानअध्यापक घलानले पालिकाको यो सम्मानले आफूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अझै बढी योगदान गर्ने प्रेरणा मिलेको बताए ।
उनले सम्मानका लागि गाउँपालिकालाई धन्यवाद दिँदै आगामी दिनमा अझै धेरै उदाहरणीय कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
0 comments
Write Down Your Responses