Powered by Blogger.
स्वतन्त्र साहित्य पुञ्ज नेपाललाई दर्ताको आधिकारिक प्रमाणपत्र प्रदान


दाङ । दाङकी चर्चित कवि भवानी न्यौपाने ‘भावना’ को नेतृत्वमा स्वतन्त्र साहित्य पुञ्ज नेपाल गठन भएकोमा त्यसले दर्ताको आधिकारिकता प्राप्त गरेको छ । 

जिल्ला प्रशासन कार्यालय दाङले २०८० चैत ६ गते आधिकारिक दर्ताको प्रमाणपत्र प्रदान गरेको अध्यक्ष भावना न्यौपानेले जानकारी दिनुभयो । 

नव गठित संस्थाको उपाध्यक्षमा इलामका जीवनहरि शर्मा, सचिवमा दाङका तिलक न्यौपाने, कोषाध्यक्षमा गोरखाका हरि प्रसाद भट्टराई, सह सचिवमा सुनसरीका देवी प्याकुरेल चयन भएका छन् ।

त्यसैगरि सदस्यमा इलाम जयनारायण भट्टराई, मोरङका देउ कुमारी पहाडी, पोखराका छन्दिका त्रिपाठी, सुनसरीका मञ्जु श्रेष्ठ, काठमाडौंका विष्णुप्रसाद गौतम, गोरखाका शिवराम दुवाडी चयन भएका छन् ।

त्यसैगरि इलामका हेमनाथ अधिकारी आमन्त्रित सदस्य चयन भएका छन् ।


त्यसैगरि सल्लाहकारमा प्राध्यापक डाक्टर काशीनाथ न्यौपाने, प्राध्यापक कपिलदेव भट्टराई, अधिवक्ता –पेशल कुमार न्यौपाने (विराटनगर), प्राध्यापक डाक्टर विरेन्द्र शुक्ल र झापाका खगेश्वर अधिकारी चयन भएका छन् ।

नव गठित संस्थाकी अध्यक्ष भावनाले संस्था दर्ता भएसँगै जिन्दगीको एउटा विराट सपना पूरा भएको दिनका रुपमा लिएको प्रतिकृया दिएकी छिन् ।

‘बधाई छ हाम्रो परिवार स्वतन्त्र साहित्य पुञ्ज नेपाललाई । राष्ट्रिय संस्था खोल्न सफल भएको यो दिन निक्कै ऊर्जावान् बनेको छ,’ उनले भनिन्–तन, मन र वचनका साथ देशमा साहित्यको छुट्टै आयाम थप्न हामी लागिपर्नेछौँ । जय साहित्य ! 

साथै अध्यक्ष न्यौपानेले स्वतन्त्र साहित्यपुञ्ज नेपालका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई आगामी शुक्रवार बेलुका  ठीक आठ बजे  विविध विषयमा छलफल र निर्णय गर्नुपर्ने भएकोले उक्त दिन सञ्चालन हुने दोस्रो राष्ट्रिय भेलामा अनिवार्य उपस्थित भैदिन सादर अनुरोध गर्नुभएको छ ।




0 comments

Write Down Your Responses