Powered by Blogger.
पुस्तकमा संग्रह भयो समाजसेवी बलराम पराजुलीको योगदान


=दामन पोष्ट संवाददाता

जहाँको माटोमा सजिएको प्रकृतिको काखमा रमाएको यौटा स्याउले कटेरो भित्र सिकेको ज्ञान झँगिदै, फैलिदै मौलाँउदै जाँदा आज अरुणोदय माध्यमिक विद्यालय भौतिक रुपमा सुविधा सम्पन्न विद्यालयको रुपमा चिनिएको छ । 

जुन विद्यालयमा कखरा सिकेका लोकराज पराजुली नेपाल सरकारका सचिव जस्तो गरिमामय पदमा पुग्न सफल भए । भीम ढकाल एआईजी पदमा सेवारत छन् । ध्यानबहादुर राई त्रिवि क्याम्पसका क्याम्पस प्रमुख बने । देवी घिमिरे साहित्यकार तथा शिक्षासेवी बनेर क्याम्पस सञ्चालन गरिरहेका छन् । 

वासुदेव पराजुली, प्रेमप्रसाद पराजुली जनरल म्यानेजर बने, उमानाथ पराजुली निर्देशक, चन्द्रप्रसाद पराजुली न्यायाधीश भई यत्रत्त्र सर्वत्र ख्याति कमाउने मुख्य आधार अरुणोदय मा.वि.को श्रेय हो । स्वदेश तथा विदेशमा स्वरोजगार समेत दिलाउन सक्ने सिर्जनाशिल जनशक्ति उत्पादन गर्ने अरुणोदय मा.विको स्थापना काल देखि निरन्तर रुपमा संरक्षण सम्बर्धत गर्दै आउनु भएका निस्वार्थ समाजसेवी बलराम पराजुलीको स्मृतिग्रन्थको लोर्कापण यही २०८१ वैशाख ६ गते इटहरी उपमहानगरपालिकाको कार्यबाहक मेयर संगिता चौधरीले एक विशेष समारोहका बीच लोर्कापण गर्नु भयो । 

उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.चिरञ्जीवी खनाल, डा.विप्लव ढकाल, साहित्यकार पशुपति साल्घारी, सिस्नुपानी नेपालका संस्थापक सिस्ने काईला लगायतका व्यक्तिवहरुको उपस्थिति रहेको सो कार्यक्रममा गाधीपति १०८ कृष्णदास महाराज, स्थानीय वडाका वडा अध्यक्षहरु तेजनारायण चौधरी, रतन कार्की, दिवस पोखरेल, चन्द्रेश्वर चौधरी, रोहित चौधरी, प्रभात आर्चाय, मणिराम श्रेष्ठ समेत आठजना वडा अध्यक्षहरुको उपस्थिति रहेको उक्त सव्य र भव्य, कार्यक्रमको सभापतित्व देवेन्द्र पराजुलीले गर्नु भएको थियो । निः स्वार्थ शिक्षा तथा समाज सेवी देवेन्द्र पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

शिक्षासेवी तथा समाजसेवी बलराम पराजुली स्मृति ग्रन्थ भित्र विभिन्न क्षेत्रका ५८ जना व्यक्तिहरुले बलराम पराजुलीको बहुमुखी व्यक्तित्वका बारेमा प्रकाश पारेका छन् । ३४० पृष्ठको यस स्मृति ग्रन्थमा बलाराम पराजुलीको आपm्नै आत्मावृत्तान्त र बैराग्य ज्ञानमालाका भजनहरु पृष्ठ ११ देखि ६५ सम्म रहेका छन् । 

आफनो संस्कार,संस्कृति, चिन्तन, चेतनाको अमूल्य सम्पदालाई पुस्तान्तरण गर्दै भावी सन्तानका लागि संस्कारको पाठशालाका रुपमा यस पुस्तकले काम गर्नेछ । असल पिताका कुशल छोरा बलाराम पराजुली अथक शिक्षासेवी निडर निर्भिक समाजसेवी कृषि व्रmान्तिका अगुवा, सामाजिक सचेतनाका सम्बाहक दलितहरुले पनि अरु सरह पढ्न पाउनु पर्छ भन्दै समाजमा सचेतना फैल्याउने व्यक्ति हुन् । छोराहरु यमनाथ पराजुली, चुडामणि पराजुली, देवी सुन्दरी पराजुली, मणिराम पराजुली, लोक प्रसाद पराजुलीहरु प्रकाशक रहेको यस पुस्तकको सम्पादन साहित्यकार देवीप्रसाद घिमिरे र उपप्राध्यापक रामचन्द्र खनालले गरेका छन् ।  



पूर्वी नेपालको पवित्र शैक्षिक गन्तव्यका रूपमा झाँगिएको भोजपुरको दिङ्लामा योग, ध्यान, ज्ञान र गायत्रीको पुरश्चरणबाट कठोर साधनाले सिद्धि प्राप्त गरेका आबाल ब्रहृमचारी षडानन्द अधिकारी गुरुले वि. सं. १९३२ मा संस्कृत पाठशाला स्थापना गरेर ज्ञानको ज्योति जगाउनु भएकाले त्यस भेगमै शिक्षाको महत्व विस्तारै जागेको थियो । शिक्षाको महŒव बुझ्ने शिक्षासेवी, महानुभावहरूमा शिक्षाको विकासमा कसरी अगाडि बढ्ने भन्ने चिन्ताको भोक जाग्न थालेको थियो । 

प्रजातन्त्रको प्रसव पीडाकालमै शिक्षाको प्यासले तड्पिएका जनसाधारणलाई आÇनै घरमा योग्य गुरु बोलाएर शिक्षालाई सरल र सहज बनाउने पवित्र कर्ममा जुटेका थिए । 

यसै बेला शिक्षासेवी विष्णुलाल पराजुली र तारापाध्ये घिमिरेको संयुक्त प्रयासबाट दिङ्लाका गुरुप्रसाद लम्साललाई घरमै बोलाएर पहिलो भाषा पाठशाला स्थापना गर्नुहुने विष्णुलाल पराजुलीका कान्छा छोरा हुन् शिक्षासेवी बलराम पराजुली ।

शालीनता, उदारता, विनम्रता र शिष्टताका प्रतिमूर्ति, आतिथ्य सत्कारका उच्च दृष्टान्त, थकाइ मार्न बिर्सिएका, निःस्वार्थ समाजसेवी, सदाचार, सद्विचार, सत्कर्मलाई साधना बनाएका ‘सादा जीवन उच्च विचार’ का धनी तथा बहुआयामिक व्यक्तित्वका धनी बलराम पराजुलीको सत्कर्मको उपज हो यो स्मृति ग्रन्थ ।

आपूm जन्मिएको माटो, खेलेको पाटो, हिँडेको बाटो, जरुवाको चिसो पानी, उकाली ओराली, शीतल छहारीले मलाई के दियो भन्दै आमाको काख छोडेर हिँड्नुभन्दा मातृऋण तिर्न कसरी र के गर्न सकिन्छ भन्ने चेतनाले चिमोटेपछि हामी गाउँको शैक्षिक इतिहास र शिक्षासेवी व्यक्तित्वहरूको जीवनवृत्तलाई सङ्ग्रह गर्ने तयारीमा उनी जुटे् । निःस्वार्थ सेवा भावले उनीलाई माटोको ममता नभुल्न सचेत गरायो । समाज सेवामा न त अरूलाई तराजुमा जोखिन्छ न त आफैँ जोखिने प्रयास गरिन्छ । समाज सेवा निःस्वार्थ हुन्छ । 



समाजसेवीहरू विषम्प रिस्थितिमा अप्ठ्याराहरूलाई सरक्क पन्छाउँदै जुरुक्क उठ्छन्, भोक, तिर्खा बिर्सन्छन्, प्रत्येक घरको ढोका ढकढक्याउँदै चेतनाको दियो बालेर जनजनलाई जुटाउँछन् । सबैलाई एकतामा उठाउँछन् । शिक्षाको ढोका खोल्नुपर्छ, आÇनो माटोलाई आफैँले चिन्नुपर्छ र निरन्तर सत्मार्गमा हिँड्नुपर्छ । बोल्न नसक्नेलाई बोलाउनुपर्छ, हिँड्न नसक्नेलाई हिँडाउनुपर्छ, उठ्न नसक्नेलाई उठाउनुपर्छ । अब गाउँमा शिक्षाका लागि सबै जुट्नुपर्छ भन्दै गाउँघर ब्युँझाउने अभियानको नेतृत्व गर्ने व्यक्तित्व हुनुहुन्थ्यो राइटर बलराम पराजुली । अब शिक्षाको प्यास मेट्न आफैँ कुवा खन्नुपर्छ, आÇनो गाउँको विकासमा आफैँ अग्रसर बन्नुपर्छ । 

अब छोरा र छोरीलाई सँगसँगै पढाउनुपर्छ । जातिपाती, छुवाछुत हट्नुपर्छ । दलितहरू पनि पढाइमा जुट्नुपर्छ । खर्चको जोहो आफैँ जुटाउनुपर्छ, आÇनो दबिएको आवाज आफैँ उठाउनुपर्छ । आदर्श समाजको निर्माण गर्न असल नागरिक चेतना जगाउनुपर्छ । निःस्वार्थताको भावना आफैँ भित्रबाट फुटाउनुपर्छ । चेतनाको दियालोले अज्ञानताको अँध्यारो मेट्नुपर्छ । आÇनो गन्तव्यमा आफैँ हिँड्नुपर्छ । आपूmभित्रको म तŒवलाई आफैँले चिन्नुपर्छ । आलस्य त्यागेर सत्कर्मलाई निरन्तरता दिनसके अज्ञानताको अँध्यारो मेटिन्छ । उज्यालो चेतनाले सत्कर्मको गन्तव्य भेटिन्छ भन्दै सच्चिदानन्दको सत्मार्गलाई सत्कर्ममा उतार्ने पे्ररणा दिने बलराम पराजुली श्रीकृष्ण सच्चिदानन्द परब्रहृम पूर्ण परमात्माप्रति श्रद्धाभाव प्रकट गर्नुहुन्थ्यो ।

 आÇनो समाज परिवर्तन गर्ने चेतनाका संवाहक आÇनो कर्मयोगले समयसँगै बाँचेका आदर्श कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो बलराम पराजुली ।

प्राणीजगतमा मानिस भिन्न छ । मानिसलाई भिन्न बनाउने गुण उसको चेतना हो । त्यसैले चेतना मानवको सर्वोत्तम गुण हो । समयअनुसारको चेतनाले मानिसलाई भविष्य द्रष्टा बनाउँछ । सबै मानिसमा केही न केही चेतना त हुन्छ नै ।

 कोही मानिस वैयक्तिक उन्नतिको चेतनामा लीन हुन्छन् त कोही आपूm र आपूmसँग रहेको समाजलाई सँगसँगै अगाडि बढाउँछन् । चेतना कसरी प्राप्त हुन्छ त ? वस्तु र वातावरणले चेतना निर्माणमा महŒवपूर्ण भूमिका खेल्दो रहेछ अनि वस्तु र वातावरणलाई चेतनले उपभोग गर्दो रहेछ । नेपालका पूर्वी पहाडी जिल्ला शिक्षा, संस्कार र चेतनाका त्रिवेणी मानिन्छन् । त्यसमा पनि पूर्वी जिल्लामध्ये भोजपुर जिल्लाले एउटा छुट्टै परिचय बोकेको छ । 

अति रमणीय भोजपुर जिल्लाले पहिलादेखि नै शिक्षा र संस्कारको केन्द्र आपूmमा बनाएको थियो । त्यस उत्पादनशील भूमिले अन्नपात, फलपूmलमात्र उत्पादन गरेन, असल चेत भएका अनेकाअनेक पुरुषलाई पनि जन्म दियो ।

 राणाकालमा बालागुरु षडानन्दले चलाएको शैक्षिक चेतना होस् वा जहानियाँ राणा शासनकालमा अत्याचारको विरोध गर्दै समतामूलक समाजको परिकल्पना गरी विरोधका अनेक उपाय अपनाउँदै आफू सँगसँगै अरूलाई जलसमाधी गराएर क्रान्तिको स्वर मुखरित गर्ने महान् नारी योगमाया हुन्ý फरक फरक परिस्थितिमा फरक परिस्थितिको नेतृत्व गर्ने व्यक्ति जन्माउने भूमि हो भोजपुर जिल्ला । 



त्यस्तै गरी विगतदेखि वर्तमानसम्म राज्यका विभिन्न निकायमा रहेर सामाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक, शैक्षिक, न्यायिक क्षेत्रको नेतृत्व गर्ने व्यक्तिको जन्म दिने ठाउँ हो, भोजपुर जिल्ला । 

त्यस प्रकारको चेतना फैलाउने चेतन आत्माको जन्म दिन त्यहाँको हावा, पानी, भौगोलिक अवस्था, त्यहाँको उत्पादन र त्यस भूमिले प्राप्त गरेको पुण्यताले महŒवपूर्ण भूमिका खेलेको छ । त्यस कारण बलराम पराजुली

जन्मिएको जिल्ला भोजपुर महान छ । यसरी बहुप्रतिभा सम्पन्न बलाराम पराजुलीको व्यक्तित्व झल्किने यस स्मृति ग्रन्थले भावी पुस्तालाई संस्कार र संस्कृति सिक्ने मार्गदर्शनको रुपमा काम गर्नेछ । यो स्मृति ग्रन्थ निःशुल्क पढ्न पाईन्छ । 


0 comments

Write Down Your Responses