Powered by Blogger.
आरआर क्याम्पसका पत्रकारिताका विद्यार्थीद्धारा गोरखापत्र संस्थान अध्ययन– भ्रमण



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसको ४ वर्षे स्नातक तहको दोस्रो वर्षमा ऐच्छिक पत्रकारिता तथा आमसञ्चार अध्ययनरत विद्यार्थीहरुले गोरखापत्र संस्थानको अध्ययन अवलोकन गरेका छन् ।  

जेएमसी ४२३ विषय लिई अध्ययनरत बिहानी सत्रको सेक्सन ए र बी तथा दिवा सत्र, दिवा सत्रको प्रथम वर्षको  जेएमसी ४२२ र दिवा सत्रको तेस्रो वर्षको जेएमसी ४१० विषय अध्ययनरत विद्यार्थीहरु समेतका लागि म आफैंले ०६५ सालतिर काम गर्ने अवसर पाएको गोरखापत्र दैनिकमा अध्ययन भ्रमण गरिएको हो । 

यस कार्यक्रमबाट विद्यार्थीहरुले समाचार संकलन, लेखन, सम्पादन, मुद्रण तथा आम सञ्चारका विविध प्रक्रियाहरु तथा गोरखापत्र संस्थानको प्रकाशन सुरु भएको १२४ औं वर्ष प्रवेश तथा राष्ट्रिय फोटो पत्रकारिता दिवश २०८१ को अवसरमा संस्थानद्धारा आयोजित दुर्लभ, ऐतिहासिक महत्वका तस्बिरहरुको प्रदर्शनीमा अध्ययन–अवलोकन गरी निक्कै लाभ प्राप्त गरेको विषय शिक्षक शन्तराम बिडारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यस्ता कार्य तथा गतिविधीहरुमा सदा प्रोत्साहित गर्नुहुने आदरणीय क्यापस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीज्यु, सहायक क्याम्पस प्रमुखज्युहरु, पत्रकारिता विषयका विभागीय प्रमुखज्यु लगायत सहभागी सम्पुर्ण विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दछु । साथै अध्ययन–अवलोकनको व्यवस्था–प्रवन्ध गरिदिनुहुने महाप्रवन्धक मित्र लालबहादुर ऐरी, गोरखापत्र दैनिकको फोटो जर्नालिजमको प्रिजेन्टेशन समेत गरी सबै युनिटतिरको भ्रमणमा विद्यार्थीहरुलाई आवश्यक सहजिकरण गरीदिनुहुने रामप्रसाद हुमागाँइसर तथा संयोगले प्रदर्शनीमा आइपुग्नुभएको बखत निक्कै कार्यव्यवस्ताको बीचमा पनि एकछिन हाम्रो साथमा रहेर विद्यार्थीहरुलाई थप हौसला र प्रोत्साहन भरिदिनुभएकामा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका निवर्तमान विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनाल सर लगायत सबै–सबैमा हार्दिक आभार प्रकट गर्दछु ।’ 

कार्यक्रममा करिव ३० विद्यार्थी सहभागी थिए । उनीहरुलाई संस्थानका सहसम्पादक रामप्रसाद हुमागाँइले सहजीकरण गर्नुभएको थियो । 








0 comments

Write Down Your Responses