काठमाडौं । शिक्षा मन्त्री बिद्या भट्टराई र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो ।
सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।
मन्त्री भट्टराइले नेपाल–जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पु¥याउन नेपालमा आईसीटी शिक्षालाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली शिक्षाको क्षेत्रमा जापान सरकारको थप मजबुत सहयोगको अपेक्षा गर्दै पर्यटन अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशभरका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन आग्रह गर्नुभयो ।
जापानी विद्यार्थीलाई पनि उच्च शिक्षाका लागि नेपाल आउन प्रेरित गर्ने क्षेत्र सिर्जना गर्न आफूहरू तत्पर रहेको शिक्षामन्त्रीको भनाइ थियो ।
मन्त्री भट्टराइले एपीयूमा नेपाल विद्यार्थी पूर्व छात्र संघको स्थापनामा आफ्नो समर्थन रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नेपाल र जापानबीच थप सहकार्यको अपेक्षा राख्नुभयो । उहाँले प्रारम्भिक बैठकले शैक्षिक सम्बन्धलाई सुदृढ गर्ने र आपसी विकासलाई बढावा दिने आशाजनक संवादको सुरुवात भएको उल्लेख गर्नुभयो ।
राजदूत किकुता युताकाले नेपाल र जापानबीचको दीर्घकालीन र सकारात्मक सम्बन्धमा जोड दिँदै शिक्षाले यी सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । उहाले दुई देशबीच सहकार्यका थप अवसर खोज्ने समेत उल्लेख गर्नुभयो ।
त्यसैगरी उक्त भेटमा सहभागी एसिया प्यासिफिक युनिभर्सिटीका उपाध्यक्ष ओकामुरा योसिफुमीले १०९ देशका ३ हजार जापानी र ३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीसहित ६ हजार विद्यार्थी भर्ना भएको एपीयूमा नेपाली विद्यार्थीको बढ्दो उपस्थितिबारे चर्चा गर्नुभयो ।
एसिया प्यासिफिक युनिभर्सिटीको फोकस तीनवटा एशिया प्यासिफिक संकाय, अन्तर्राष्ट्रिय व्यवस्थापन, र दिगो पर्यटन रहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा विशेष गरी वातावरण र पर्यटनले नेपालको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सक्छ भन्ने अनुसन्धानले नेपाली विद्यार्थीहरूलाई फाइदा पुग्ने र राष्ट्रिय विकासमा योगदान पु¥याउन सक्ने कुरामा जोड दिनुभयो ।
उपाध्याक्ष योसिफुमिले भूराजनीतिक चुनौतीका बाबजुद नेपालको सम्भावनाको चर्चा गर्दै जापानले नेपालको शैक्षिक क्षेत्रमा कसरी सहयोग गर्न सक्छ भन्नेमा चासो देखाउनु भएको थियो । उहाँले पोखरामा भएको प्रभावशाली विकासको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि विद्यार्थीसँग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
0 comments
Write Down Your Responses