ज्ञानेन्द्र शाहलाई पनि कानूनबमोजिम मुद्दा चलाउनुपर्छः बिडारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले तिनकुने घट्नामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि प्रचलित कानूनबमोजिम मुद्दा चलाउनुपर्ने बताएका छन् ।
संविधानसभा सदस्य समेत रहेका उनले मण्डलेलाई बोक्ने काम कसले गरेको हो भन्ने प्रश्न गद आफ्नो पार्टीको चुनाव चिन्ह नै अरुलाई दिनेहरुलाई चिन्नको लागि आग्रह गरे ।
सो क्रममा उनले पत्रकार ऋषि धमलाको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले भने,‘ऋषि धमला निर्भिक, स्वावलम्बी, सर्वसाधारणको पनि पहुँच भएको पत्रकार हो ।
धमलाजीले चलाउनुभएको मिडियामा सर्वसाधारणको पहुँच छ ।’
0 comments
Write Down Your Responses