काठमाडौं । सडक विभागले सडक विस्तार गर्ने क्रममा एक महिलालाई सडकको बास पारेको छ । सितापाईला धार्के सडक विस्तार गरि पिच गर्ने क्रममा बिमला महर्जन मानन्धरको नम्बरी जग्गा हडपेर उनलाई उठीबास लगाएको हो ।
यसपछि पिडितहरुले स्थलगत रुपमै सोही ठाँउ गएर पुरानो धार्के स्थित आफ्नो पुख्र्याैली जग्गामा प्रेस सम्मेलनको समेत आयोजना गरेका छन् ।
उक्त कार्यक्रममा ख्वताबजी कलाकारहरु, हलिं नेवा गुठीका उपाध्यक्ष अमरकाजी श्रेष्ठ लगायत पदाधिकारीहरु पीडित, पीडित परिवार र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।
सडक पीडित बिमला महर्जन मानन्धरका अनुसार सडक विभागले सडक विस्तार गरी पीच गर्ने क्रमममा आफूलाई खबर नभएको, मनोमानी ढंगले सडक ७ मिटर हुनु पर्नेमा दुई तर्फ बराबर नलिइकन छेउमा भएको सार्वजनिक जग्गालाई समेत प्रयोग नगरिकन पीडितको ३ रोपनी १५ आना जग्गाको बीच भागबाट १६.५ मिटर जग्गा आवश्यक भन्दा बढी चौडा बनाई लाँदा बाँकी जग्गा समेत काम नलाग्ने भएको बताउनु भयो ।
श्रीमान् दुबईमा दैनिक जीवनयापनकालागि मजदूरी गर्न ५० डिग्री तातोमा टट्टींदै रहेको तर आफ्नो करोडौंको पैत्रीक सम्पत्ति सरकारले लूट पारामा सडक विस्तार गर्दा आफू घरको न घाटको भएको बताउनु भयो ।
यस सम्बन्धमा न्याय पाउन वडा कार्यालय, धुनिवेशी नगरपालिका, सडक विभाग र भौतिक पूर्वाधार मन्त्रीज्यू र हल्लो सरकारलाई समेत ज्ञापन पत्र र निवेदन पेश गर्दा समेत बेवास्ता गरिएको उहाँको भनाई थियो । उहाँले भन्न’भयो, ‘अब यस प्रेश सम्मेलन मार्फत मलाई परेको मर्का सम्माननीय प्रधान मन्त्री केपी. शर्मा ओलीज्यू समक्ष पुगोस् र मलाई न्याय वहाँबाटै दिनुहुने कुरामा विश्वस्त छौं ।’
0 comments
Write Down Your Responses