मकवानप’र । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ थाहा नगरको अध्यक्षमा बज्रबाराहीका अगुवा किसान कृष्णभक्त महर्जन निर्विरोध चुनिनु भएको छ ।
२२ चैत्रमा पालुङमा सम्पन्न दोश्रो नगर अधिवेशनले महर्जनको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा द्रुतराज थिङ, सचिव अनिल गोपाली, उपसचिव सुशील गोपाली, उपसचिव महिला रामेश्वरी गोपाली निर्विरोध हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा संयोग कार्की, शालिकराम श्रेष्ठ, यज्ञराम प्रधान, तीर्थ श्रेष्ठ, नन्दलाल श्रेष्ठ, जनक कार्की, रामकाजी आलेमगर, घ्यागर लामा, तस्वीर रायमाझी, नारायण रायमाझी, सुकदेव केसी, चन्द्रबहादुर बलामी, रमेश विष्ट, सुनमाया गोपाली, बद्री कार्की, सुदिप थोकर, बुद्धिमान थिङ, मेघराज घलान, किश्वर बलामी थाहा, निराजन बस्नेत, मानबहादुर थिङ, सिंह वीर वाइबा, विवश थिङ, अप्सरा थापा, मिश्रथ कार्की र विश्वनाथ वाइबा चयन हुनु भएको छ ।
आयोजक कमिटीका संयोजक बिनोद कार्कीको अध्यक्षता एवम् एमाले जिल्ला कमिटी सदस्य तुलसा विष्टको प्रमुख आतिथ्यता भएको हो । अधिवेशनमा प्रमुख अतिथि विष्टले संगठनले कृषकहरुको हकहितलाई ध्यानमा राखेर कार्यक्रम बनाउन जोड दिनुभयो ।
अधिवेशनमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले राज्यबाट किसानका नाममा आउने अनुदानहरु बिचौलियाको हातबाट गलत मान्छेहरुले हात पारिरहेको हुँदा संगठनले किसानहरुको नेतृत्व लिएर सहजीकरण गर्नु पर्ने बताउनु भयो ।
अधिवेशनमा किसान महासंघ ईञ्चार्ज लक्ष्मण बर्तौला, नवनिर्वाचित अध्यक्ष महर्जन, एमाले नगर सचिव सुजन कुमार रायमाझी लगायतले शुभकामना दिनुभयो ।
0 comments
Write Down Your Responses