Powered by Blogger.
टौखेल स्थित नाटेश्वर माविको २८ औँ अभिभावक भेला सम्पन्न


थाहा । थाहा नगरपालिका वडा नं १० स्थित नाटेश्वर माविको २८औ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । यही जेठ ९ गते  शुक्रबारका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षतामा सम्पन्न भेला  सम्पन्न भएको हो ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एबम्  सत्तारुढ दलको मुख्य सचेतक महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न  विद्यालयका प्रधानाध्यापकहरु, संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू,थाहा नगरपालिकाका वडा न १० का वडा सदस्यहरु, बि. ब्य. स. का पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, आमा समूह,  विभिन्न सहकारीका प्रतिनिधिज्यूहरू, समाजसेवी, बुद्धिजीवी,  अभिभावक वर्ग लगायतको उपस्थिति रहेको थियो  । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद अर्यालले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  विद्यालयका लेखापाल पुरुषोत्तम गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रममा विशेष अतिथि थाहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हिराबहादुर गमालले विद्यालयको निम्ति वडाको तर्फबाट आवश्यक सहयोग गर्दै आइरहेको र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद महेशकुमार बर्तौलाले विद्यालयको लागि यसै आर्थिक वर्षमा आठ कोठे विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै विद्यालय शिक्षा विधेयक असार १५ गते भित्र आउनेस्पष्ट गर्नुभयो । 

शिक्षक अभिभावक संघका प्रतिनिधिहरु समेत छनोट गरिएको कार्यक्रममा विद्यालयका शुभचिन्तक इन्द्र सरोवर गाउँपालिका १ निवासी दशनारायण लामाले शैक्षिक सुधारको लागि रु १५ हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्नुभएको थियो। 

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।  विद्यार्थीहरूद्वारा मार्च पास मनोरञ्जनात्मक खेलकुद, विज्ञान प्रदर्शनी पोषण सम्बन्धी प्रदर्शनी  प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा शैक्षिक सुधारको निम्ति अनवरत रूपमा सेवा गर्नुहुने शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल भिक्षु महासङ्घका सचिव भिच्छु निग्रोद सिद्धार्थ महर्जनले परियती  नैतिक शिक्षा सम्बन्धी आफ्नो मन्तव्य राख्नुभएको थियो। 



समाजसेवी मिना गोपालीले विद्यार्थीहरूका लागि स्टेसनरी सामग्री तथा ट्र्याक सूट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। 

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई सम्झनाको चिनो वितरण गरी विदाई समेत गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्नुहुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मान व्यक्त गरिएको थियो। 

कार्यक्रममा अभिभावकहरूको मनोरञ्जनात्मक म्युजिकल चेयर खेल खेलाइएको थियो । उक्त खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरुलाई प्रमाणपत्र तथा मेडलबाट सम्मान गरिएको थियो । विद्यालयका शिक्षक रूपचन्द्र गोपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोपालीले विद्यालयको विभिन्न गतिविधि र आगामी कार्ययोजना सम्बन्धमा आफ्नो धारणा राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।





0 comments

Write Down Your Responses