गणतन्त्र दिवसका अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
गणतन्त्र दिवसको अवसर पारेर कर्मचारी सङ्घले उक्त कार्यक्रम गरेको कर्मचारी इकाई समितिका सभापति मन्दिरा बुढाथोकीले जानकारी दिनुभयो ।
कर्मचारी सङ्घले रक्तदान जस्तो रचनात्मक कार्यक्रम गरेकोमा क्याम्पसका क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।
यो समाचार तयार पार्दा सम्म उक्त कार्यक्रममा ५० जना जति शिक्षक विद्यार्थी तथा कर्मचारीहरूले रक्तदान गरिसकेका छ्न।
0 comments
Write Down Your Responses