Powered by Blogger.
नेपाल अडिटर्स एसोसिएसन अडानको अध्यक्षमा भट्टराई


काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन अडानको सातौं राष्ट्रिय महाधिवेशन  अडीटर बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै सम्पन्न भएको छ । 

विधानअनुसार अडानको ९५ सदस्यीय कार्यसमिति बनाउने प्रावधान रहेकाले बाँकी ११ सदस्यहरू केन्द्रीय सचिवालयद्वारा मनोनयन गरिने छ ।  

निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. डोलप्रसाद दाहाल रहनुभएको छ । प्रथम उपाध्यक्ष झलकमणि लम्साल, द्वितीय उपाध्यक्ष पोषराज नेपाल र तृतीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ र अन्य उपाध्यक्षहरूमा प्रदीपकुमार यादव, मीरा श्रेष्ठ, रमेश केसी, प्रेमबहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद ढुङ्गाना, बलराम चौधरी, योगमाया धमाला, चन्द्रबहादुर सुवेदी र बासुदेव जोशी चयन हुनुभएको छ ।

 यस्तै महासचिवको जिम्मेवारी तिलकबहादुर अधिकारीलाई दिइएको छ भने उपमहासचिवहरूमा गणेश गिरी, जयाकुमारी झा, राम गोपाल महर्जन, कामोद झा, शिवराज बराल, पोषकलाल श्रेष्ठ, मधुसुदन भट्टराई, कुमारप्रसाद खतिवडा र हेमराज पौडेल रहनुभएको छ । 

त्यस्तै, सचिवहरूमा माया बादे, गोकर्णप्रसाद आचार्य, जयधर्म पोखरेल, हिरारत्न बज्राचार्य, शिवजी पाण्डे, मेघराज पौड्याल, लिला भट्टराई, मोहम्मद जुवेर राई र मदन राज ओझा रहेका छन्।  

कोषाध्यक्षमा आत्माराम चापागाईं चयन हुनुभएको छ भने सह–कोषाध्यक्षमा डिल्ली राम उपाध्याय सुवेदी मनोनीत हुनुभएको छ । 

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले संस्थाको सुदृढीकरण, व्यावसायिक क्षमता अभिवृद्धि, पारदर्शिता, सुशासन तथा सङ्घीय संरचनाअनुसार सङ्गठन विस्तारका विषयमा व्यापक छलफल गरेका थिए ।




0 comments

Write Down Your Responses