Powered by Blogger.
तारकेश्वर नगरपालिकाद्धारा ४ जिपिए ल्याउने विद्यार्थीहरु सम्मानीत


काठमाडौं । तारकेश्वर नगरपालिकाले एसईई परीक्षामा जिपिए ४ ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजीत एक कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरका संस्थागत र सामुदायिक विद्यालयबाट जिपिए ४ ल्याउने १७ जना विद्यार्थीलाई नगद, ल्यापटप र प्रमाणपत्र सहित सम्मान गर्नुभयो । 

एसईईमा सामुदायिक विद्यालयबाट जिपिए ४ ल्याउने विद्यार्थीलाई प्रतिविद्यार्थी नगद रु १ लाख, एकथान ल्यापट र प्रमाणपत्र र संस्थागत विद्यालयबाट जिपिए ४ ल्याउने विद्यार्थीहरुलाई नगद रु ५ हजार, एक थान ल्यापटप र प्रमाणपत्र सहित सम्मान गर्नुभयो । 

सो अवसरमा उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत इश्वरराज आचार्य, तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल लगायतको उपस्थीति रहेको थियो । 

कार्यक्रम तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले सञ्चालन गर्नुभएको थियो । नगरप्रमुखले सम्मान कार्यक्रमको उद्घाटन आफुले नगरेर जिपिए ४ ल्याउने विद्यार्थीहरुबाट गराउनुभएको थियो ।




0 comments

Write Down Your Responses