Powered by Blogger.
रचना वाचनसंगै नयाँ वर्ष २०८३ को शुभकामना


दाङ । स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा दाङको लमहीमा रचना  वाचन तथा नव वर्ष  २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र साहित्य पुञ्ज नेपालको अध्यक्ष भावना न्यौपानेले गर्नुभएको थियो । 

चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा साहित्यकार तथा कलाकार नारायण योगी, साहित्यकार भावना न्यौपाने , बालमुकुन्द आचार्य , बगार बाबा प्राबिधिक शिक्षालयका सञ्चालक किरण  चौधरी ,दिलिप कुमार यादव लगायत थुप्रै साहित्यकार तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा भावना न्यौपाने, तेजप्रसाद खनाल, सक्सेस  खनाल लगायतले रचना वाचन गर्नुभएको थियोे । कार्यक्रमको  सञ्चालन छविलाल कोपिलाले गर्नुभएको थियो । कार्यक्रममा  निक्कै भव्य र सभ्य रुपमा सम्प भयो ।



0 comments

Write Down Your Responses