Powered by Blogger.
दामन पोष्ट डट कम लिएर हामी आयौं है !

पछिल्लो समयमा नेपालमा अनलाईन पत्रिकाहरुको बाढी नै आईरहेको छ । तर त्यसमा कसले कतिको गुणस्तरीयतालाई  ध्यान दिएको छ भन्ने कुरालाई  पाठकहरुले ध्यान दिनु नै भएको छ । देशमा  पत्रकारितामा दक्ष जनशक्तिको खडेरी नै परिरहेको  परिपेक्षमा हामी दामन पोष्ट  डट कम लिएर आज मिति २०७२ साल असार ८ गतेका दिनदेखि  केहि फरक दिने प्रयासका साथ तपाईं समक्ष आएका छौं ।दामन पोष्ट  डट कम नेपाली  पत्रकारिता क्षेत्रमा नयाँ आयाम हुनेछ भन्ने हामीले आश गरेका छौं ।

सत्य तथ्य जानकारी, र विश्लेषण हाम्रो पहिलो प्राथमिकता हो । हाम्रो यो प्रयाशलाई  तपाइहरुले पनि साथ दिनुहुनेछ भन्ने आश गरेका छौं । हामी  नयाँ हौँ।  तपाईहरुको रचनात्मक सल्लाह तथा सुझावको अपेक्षा गर्दछौं ।

0 comments

Write Down Your Responses