Powered by Blogger.
जनताबाट आएका सुझावबारे निर्णय गर्न सोमबार पनि चारदलको बैठक

बिष्णु बुढाथोकी, काठमाडौं, साउन १० - जनताबाट आएको सुझावलाई नयाँ संविधानको मस्यौदामा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा आइतबार साँझ बस्ने भनिएको प्रमुख दलको बैठक एमालेको कारण बस्न सकेन। देशभरिबाट प्राप्त सुझावबारे छलफल गर्न सुरू भएको पार्टीको केन्द्रीय समिति बैठकमा एमाले नेताहरू व्यस्त भएको जानकारी आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमाओवादीबीच केहीबेर छलफल भएको थियो। दुई दलबीच भएको छलफलबारे जानकारी दिँदै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने, ‘साँझको छलफल बिहान बसेको चारदलबी चकै छलफलको निरन्तरता हो


0 comments

Write Down Your Responses