Powered by Blogger.
नेपाली कलाकार किन विदेश जान्छ: एउटा कलाकारको बयान

 कोही कता किन जान्छन् भन्दा पनि कहिँ किन बस्दैनन् भन्ने कुरा महत्वपूर्ण हुनसक्छ। सन्दर्भ हो - 'कलाकार विदेश जानु' कोही किन विदेश जान्छन् ? किन त ? एउटा मान्छेले घर र जनावरले जंगल छोड्नुमा उस्तै उस्तै समानता हुनसक्छ। खोज मामको, घामको अनि दामको तर जनावरलाई मान्छेलाई जस्तो अन्तिम कारण जरुरी नहोला। सन्दर्भ र प्रक्रिया फरक होलान् तर सार लगभग उस्तै हो।  कलाकार किन विदेश जान्छन् ? जान नहुने हो र ? होइन। तर, तेतै किन बस्छन ? त्यसबारेको यो  मेरो लेखाइ, बुझाइ, हेराइ अनि भोगाइ नितान्त व्यक्तिगत हो। यसबारे अरू कसैले त्यस्तो पनि केही भनेका छैनन् तर, मेरो मनले मानेन त्यसैले यो जमर्को गरे।

आम मान्छेको सामाजिक र पारिवारिक दायित्व हुन्छ। कलाकार पनि मान्छे नै हो। १७ वर्ष अगाडी, एक अग्रज कलाकारले  परिवारको लागि विदेश बस्ने निर्णय गर्नुभयो। आज शनिबार १७ बर्ष पछि अर्का एक चर्चित कलाकारले  पनि परिवारकै लागि विदेशको फ्लाइट समात्नु भो। बीचमा धेरैले यस्तो निर्णय लिनु भएको छ। एउटा जनावर त आफ्नो सन्तानका खातिर सिंह या बाघमाथि धावा बोल्छ भने आफ्नो पेशा अनि सपनालाई नै धावा बोल्नु सानो कुरा होइन, धेरै मान्छेले जीन्दगीमा यसो गर्न बाध्य हुन्छन्। जिन्दगीमा धेरै पटक मान्छेले यस्तै यस्तै निर्णय लिनु पर्छ अनि हिँड्नुपर्छ। यो सरल जस्तो लाग्ने तर केही कठोर कदम हो। 'द सो मस्ट गो अन' जिन्दगी हो, उतार चढाब हुन्छ। चर्चा कलाकारको भयो होला, यधपी प्रसङ्ग नौला र अनौठा भने होइनन्।

0 comments

Write Down Your Responses